अब ९० मिनेटसम्म बारमा बसेर मदिरा पिउन पाउने
राजधानी टोकियोसहित नौ प्रान्तमा संकटकाल हट्यो- आवश्यक परे पुनः घोषणा गरिने
कोरोना भाइरस संक्रमणको दर कम भएसंगै जापानको राजधानी टोकियो लगायत नौ प्रान्तहरुको संकटकाल हटाइएको छ भने ओकिनावामा भने आगामी ११ जुलाईसम्म लागू गरिएको छ ।

संकटकाल हटाइए पनि टोकियो, ओसाकासहित पाँच प्रान्तमा निश्चित प्रतिबन्धहरु भने कायमै राखिएको छ । जस अन्तर्गत बार तथा रेस्टुरेन्टहरुले साँझ ७ बजेपछि सेवा बन्द गर्नुपर्नेछ ।
राजधानी टोकियोमा बार ग्राहकले एक्लै वा बढीमा दुईजनासम्म बसेर मदिरा सेवन गर्न पाउने तर उनीहरु ९० मिनेटभन्दा बढी त्यहाँ बस्न पाउँदैनन् ।
सरकारको यस्तो निर्णयपछि मदिरा व्यवसायीहरु भने चिन्तित छन् । टोकियोस्थित एक बारका विक्री प्रबन्धक ओनो कात्सुजीलले प्रतिबन्धहरुका बीच नाफा कमाउन कठिन रहेको बताउँदै कोरोना महामारी छिट्टै समाप्त भएर जनजीवन सामान्य होस् भन्ने आशा गरेका छन् ।
उता कोरोना भाइरस नियन्त्रण मन्त्री यासुतोशी निशिमुराले आसन्न टोकियो ओलम्पिक खेललाई मध्यनजर गदै आवश्यक परेमा पुनः संकटकाल लागू गर्न सरकार तयार रहेको बताउनुभएको छ ।
मन्त्री निुशमुराले संकटकाल हटेसंगै मानिसहरु घरबाहिर निस्कने हुँदा संक्रमण बढ्ने सम्भावना बढी छ । यस्तो स्थितिमा जनताको जीवनरक्षाका लागि पुनः संकटकाल घोषणा गर्न सरकार पछि नहट्ने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्