बिचार

रवि र जेनजीसंग पुराना नेताको त्रास

हिजोदेखि चितवनाँ भैराको जेनजी पाटीको महाधिवेशनको निम्तोमा पुराना दलका ठूला नेताहरु नगएर तल्लो तहका नेताहरलाई पठाएछि धेरैले सामाजिक सन्जालाँ धेरै कुरा गर्याछन् ।

एक त जुन मान्छेलाई सहकारी ठग र राज्यद्रोहको अपराध लगाएर कैलेको पोखरा त कैलेको भैरहवा अनि कैलेको जनकपुर र कैलेको काठमाण्डु दौडाईदौडाई हत्तु बनाइयो । अनि त्यस्सैको पाटीको महाधिवेशनाँ के नाकले जाउन तनि ती नेता रबिकाँ नाक देखाउन ।

रबिविले त तिनका अगाडि सान देखाउना लागिनि निम्तो त पठाउनु नै थियो अनि त्यै मौका पारेर ती नेताहरलाई अघाउन्जेल आँफुमाथि उनरले गर्या अन्याय आफ्ना कार्यकर्तालाई सुनाएछि कार्यकर्ताले नि बुझ्ने छन् कि आफ्नो नेतालाई कस्तो अन्याय गरियाथ्यो ।

आँफुहरलाई रविलाई कुदाको र जेनजी आन्दोलनाँ रविका कार्यकर्ताले आँफुलाई दौडाउनसम्म दौडाको भन्ने कुरा बुझ्या नेताले रविको पाटीको महाधिवेशनाँ त्यति सजिलै के जाँदा हुन के !

अँझ भएन भनेर आँफुहरलाई नै सिध्याउना लागि देशाँ हत्तनपत्त चुनाब गराएर चुनाबाँ पाताडेझैँ ताडेर अब जिन्दगीमै उठन नसक्ने गरी राजनीतिक क्यारियर नै सिध्याईदेछि त्यसकै पछि लाएर त्यसको अधिवेशनाँ के नाकले कसरी जानू त नि त्यै भएर गएनन् भन्नू पर्यो हैन र ?

बिचराहरले ती आफ्ना घराँ दनदनी लाग्या आगो अनि दुनियाँलाँलाई ठगेर ७ पुस्तालाई बसिबसि खान पुग्ने गरी कमा सम्पतिलाई आफ्नै आँखा अगाडि खरानी बनाको देखिदेखि तिनकै पाटीको महाधिवेशनाँ जाने हिम्मत नि कसरी राखुन के ?

अरुलाई पो भन्दिन सजिलो छ तर जसको आँखाले आफ्ना ती घर र सम्पति जलेर पुत्योल भाको देख्याछ र म र मेरो परिवारलाई विस्थापित गराउने खेल यिनरकै हो भनेर मनमा तिनरकै चित्र लेर बस्या छ भने तिनरले गर्या निम्तो मान्न के जाँदा हुन तनि नेतारु ।

ठिकै छ राजनीतिमा यस्ता उतार चढाव आइराख्छन त्यसैले यसैलाई ईख नबनाएर राजनीतिमा स्थायी शत्रु र मित्र कोही हुन्नन् भनेर जाउन भने नि त्यै अधिवेशनाँ केही बहाना बनाएर रास्वपाका कार्यकर्ताले महाधिवेशन स्थलाटै भागाभागको स्थिति बनाए भने क्यार्नु त्यै भएरनि बिचाराहरु त्यतातिर जाने सोचै नबनानि हुन सक्छ ।

अन्तिम समया नयाँ नेपाली कांग्रेसका सभापति गगन थापा भने गएर धुवाँदार भाषण गरे । आफूहरले गरेको जस्तो गल्ती नगर्न भन्दै ठूला नेताहरुका बिरुद्ध विद्रोह गर्न उक्साए । विचरा । प्रमाण प्रमाण भन्दा भन्दै आफ्नो राजनीकि प्राणै झण्डै निकालिदिको रविका सामुन्ने धन्न पुग्ने हिम्मत भने गरेछन् ।

महाधिवेशना एमाले पाटीका १ नम्बरी नेता नगएनि प्रचण्डसम्म गए हुने हो क्यारे ! किनभने उनले त हिजो अन्य दलका नेताहरका विरुद्ध केई गरि खाने यै हो भनेर ट्याप्प टिपेर रविलाई गृहमन्त्री बनाकैथे । हुन त रविको मुख मात्रै हेरेर गएर नि के गर्नु ।

दलका नेताहरु बिरुध्द रिसइबि पालेर बस्या जेनजीहर जाईलाग्न थालेर हुलमुलाँ नेताँहरलाई बेस्सरी कुच्याउन थाले भने एक्लै रविमात्रै प्रतिरक्षा गर्न काँ सक्लान त नि त्यै भएर नेतारु नगएर वुध्दि पुर्याकै मान्नु पर्छ ।

हुन नि ऐले नेताहरलाई साह्रै गाह्रो छ । आफ्नै पाटीभित्र लखेटा लखेटको स्थिति आईपर्या बेलाँ अर्काकाँ गएर के भनेर आश्वासन बाँडनु त्यो भन्दा त जाँदै नगयो टण्टै साफ ।

हिजोसम्म १ नं पाटी काँग्रेस र २ नं पाटी भनेर अरुलाई अर्ति वुध्दि बाँडदै हिँडने एमाले नेतारु जेनजी आन्दोलन पछि पाटी नै सुकेर खक्रक्कै भा बेलाँ अँझ भएन भनेर कताट चुनाब गराई फालेर चुनाबाँ तिनै ठूला पाटीलाई जनताले शिला खोज्ने बनाईदेछि पाटी भित्रै वल्लो घाट न पल्लोतिर भका नेताले सत्तारुढ दलको अधिवेशनको भब्य कार्यक्रममा गएर के शुभकामना दिने के ?

त्यै भएर नि वली र प्रचण्डले अस्वस्थको बहाना बनाएर अरुलाई नै जाने निर्देशन गरेछन् । हुन नि हो त हिजो सरकार बन्ने बित्तिकै रातारात जेलको चिसो छिडियाँ पुर्याएर अस्पताल कुर्ने बनाका सरकारको पाटी महाधिवेशनाँ जानका लागि निम्तो आउँदै वली बाका हात खुट्टा गल्या हुँदा हुन् ।

तै एमालेकै यौटो नेतालाई पठाईदे र राजनीतिक विधिविधान पूरा गरे बाले । तर, पाटी ठूला नेताहरु जेनजी पाटी महाधिवेशनाँ नगकोमा सामाजिक सन्जालाँ जेनजीहरले कति सत्तोसराप गर्ने हुन त्यो भने हेर्न बाँकी नैछ ।

किनभने सरकार सकेसम्म ठूला दलका नेताहरलाई भक्काभक कठघराँ पुर्याएर आफ्नो सय दिने प्रगति देखाउने पक्षाँ छ त्यसैले पुराना दलका ठूला नेतारु बचेर हिनो है ।

कुनै पनि बेला तिमरका घरआँगनाँ बालेनका जेनजी सेना आउन सक्छन । त्यति नभ नि महाधिवेशनको बहानाँ रवि र बालेनले तिमरलाई कति धोई पखाली गर्छन टिभि र सामाजिक सञ्जाल हेरे था भैहाल्छ नि हैन र नेताजीहरु ! चेतना भया !!

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.