घूयँत्रो- “घण्टीभित्रको गुटयुद्ध !”
हैन ! रास्वपा भन्या त बत्तिसै लक्षण युक्त पाटी हो भन्या हैन र ? त्यै भएर जनतालेनि दुईतिहाई मत देर प्रधानमन्त्रीलाई छाडा छोड्देर जे गर्छौ गर भन्या छन् ।
प्रधानमन्त्री बालेनजी साक्षात भगवानै भएर त सदनतिर दर्शन दिनुहुन्न । नत्र प्रजातान्त्रिक तथा संसदीय ब्यवस्थाँ प्रधानमन्त्री सदनाँ नजानि नि कईँ हुन्छ र ?
जननिर्वाचित प्रतिनिधिको थलो सदनतिर फर्केरै नगए नि हुन्छ भन्ने सामाजिक सन्जालको जमातको हुटिङका भराँ प्रधानमन्त्रीज्यु सदनाँ नगएर राताँ सामाजिक सन्जालाँ सदन चलाउनु हुन्छ ।
प्रधानमन्त्रीको यै मर्म बुझेर होला राप्रपा कर्नालीका नेताहरु चुनावका नाममा भित्रभित्रै बालेन र रवि गुठ जन्माएर गोदागोद गर्या छन् । त्यैकारणले कर्नाली प्रदेशको रास्वपा चुनाव बासीमात्रै हैन त्यासी समेत भैसक्यो तर पनि परिणाम आउने नआउने ठेगान छैन ।
पुराना दल काँग्रेस एमालेको गुठबन्दीलाई लेर अनेकन तर्कवितर्क गर्दै राजनीतिक बहस गर्ने रास्वपा पनि गुठबन्दीको मारमा परेछि अब दुईतिहाईको सरकारमाथि कालो बादल मडारिएको संकेत देखा पर्दैछ ।
पाटीमा कुनै संघर्ष र दुख्खबिनै एक्कासी दुईतिहाईको सरकारको चिट्ठा परेको रास्वपा र त्यसका प्रधानमन्त्री बालेन सत्ताको दौडमा दौडिरहँदा पुराना दलभन्दा छिट्टै गुठबन्दीको शिकार बन्न पुगेका छन् ।
बाहिरि रुपमा जतिसुकै गुठबन्दी छैन भने नि पाटीका गतिविधि सन्चालन गर्दा र सरकार चलाउन गरिएका नियुक्तिहरुलाई हेर्दा पुरानामाभन्दा चरम गुठबन्दी यिनीहरुमा देखिँदैछ । दलभित्रकै गुठबन्दीले गर्दा पहिलै महाधिवेशनको प्रतिनिधि छनौटमा नेताहरुवीच कुटाकुट भका कुरा छताछुल्ल बाहिरिँदैछन ।
अबको ४ दिनाँ पहिलो महाधिवेशन हुँदैछ । जिल्ला र प्रदेश अधिवेशनाँ कुटाकुट गर्ने प्रतिनिधि पाटि सभापति रवि लामिछानेकै निर्वाचन जिल्लाँ उपस्थित भएर महाधिवेशनाँ भाग लिईरहँदा त्यैँ पनि गुठको सिकार बनेर लडाभाँति गरे भने पाटी सभापतिले पाीको साख कसरी बचाउलान था छैन ।
अरुका अगाडि आफ्नो पाटी दुधले नुहाएको पवित्र पाटी भनेर धक्कु लगाईरहँदा जिल्ला र प्रदेश अधिवेशनाँ गुठकै निम्ति लडाभाँति गर्या कुरा नेताहरुले लुकाउन खोजेर नि लुक्ने अबस्थाँ छैन ।
अँझ भएन भनेर रास्वपाका नेता तथा कार्यकर्ता भन्या चोखा कोई छैनन् । पुराना दल एमाले, माओवादी र काँग्रेसभित्रकै महत्वाकाँक्षा बोकेका र एकसे एक पाटीमा अनुभव बटुलेर सरकारको आडमा दलाली र भष्टाचार गरी कमाईकजाई गर्न खोज्ने जमातहरुको भिड भनेकै ऐल्या रास्वपाको भिड हो ।
सँधैभरि सरकार बनाउने दलकै घेराँ बस्न चाहने र त्यसकै फाईदा लिएर राजनीतिमा दादागिरी देखाउनेहरुको बोलवाला रहेको जमात रास्वपा महाधिवेशनाँ जम्मा हुँदैछ । त्यसले चितवनै हल्लाएमान गराउने गरी भाँडभैलो गर्न नि सक्छ ।
रास्वपाका आगामी दिन कसरी अगाडि बढनेछन् भन्ने तय गर्ने यो महाधिवेशनाँ नेताहरुले प्रतिनिधिहरुलाई तह लाउन सकेनन् भने यिनीहरुले जसरी पुराना दलको उँधोगति गराएर नयाँ दल रास्वपाँ प्रवेश गरे त्यस्तै हविगत यो दलको गराइदिनेछन ।
किनभने यो जमात, दल बनाउन तथा जनता र देशको सेवा गर्न हैन कि आँफु बन्न आएको हो । त्यसैले पनि रास्वपा जन्माउनेहरुका लागि यो महाधिवेशन निकै चुनौतिपूर्ण हुन सक्दछ । त्यसै त रवि र बालेनमा पाटीमा कस्ले कब्जा जमाउन सक्छ भनेर भित्रभित्रै होडबाजी चलिरहेको छ ।
त्यसैमा जिल्ला र प्रदेशमा जन्मेका झगडाका बीउ महाधिवेशन हुँदै सरकारमा समेत पुग्यो भने बिपक्षीहरुले मात्रै बल्ल खाईस भन्ने नभएर गैरराजनीतिक क्षेत्रका मान्छेले समेत कुम ठोक्नेछन । सौतिरबाट बस्ति सरेर आएको खिचडा बस्तिको समाजलाई डोर्याउन कति हम्मे हुन्छ त्यस्तै हम्मे हम्मेको अबस्थाँ ऐले रास्वपा पाटी छ ।
यो कुरालाई बुझेर पाटी हाँक्यो भने सम्हाल्न सकियला अन्यथा पाटिमा कुनै दुखै नगरी यौटा आन्दोलनले जुटाई दिएको अवसरमा बनेको घण्टीको सरकारले त्यो घण्टीको आवाज धेरै लामो दुरिसम्म पुर्याउन सक्ने छैन । नेताहरुमा चेतना भया !




प्रतिक्रिया राख्नुहोस्