बिशेषराजनीति

सम्पत्ति शुद्धीकरण अनुसन्धानमा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा सुर्खेतबाट पक्राउ गरिएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसँग सम्बद्ध उच्च स्रोतका अनुसार, पौडेलले गरेको सेयर कारोबार तथा सम्पत्तिको स्रोतबारे उठेका शंकामाथि अनुसन्धान भइरहेका बेला उहाँलाई नियन्त्रणमा लिइएको हो।

पौडेलमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलले अनुसन्धान गरिरहेको थियो । कैफियत देखिएपछि उहाँलाई विभागको अनुरोधमा प्रहरीले पक्राउ गरेको हो ।

पार्टीको कार्यक्रमका लागि सुर्खेत पुग्नुभएका पौडेललाई कार्यक्रमस्थलबाटै पक्राउ गरिएको बताइएको छ। पक्राउपछि उहाँलाई जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा राखिएको छ भने अनुसन्धान प्रक्रिया अगाडि बढाइएको स्रोतको दाबी छ।

हाल नेकपा (एमाले)ले देशभर पार्टी पुनर्गठन तथा संगठन सुदृढीकरणसम्बन्धी सुझाव संकलन अभियान सञ्चालन गरिरहेको छ। सोही अभियानअन्तर्गत आयोजित कार्यक्रममा सहभागी हुन पौडेल सुर्खेत पुग्नुभएको थियो।

यद्यपि, पक्राउबारे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, नेपाल प्रहरी तथा नेकपा (एमाले)का तर्फबाट औपचारिक प्रतिक्रिया सार्वजनिक हुन बाँकी रहेको जनाइएको छ। पक्राउ र अनुसन्धानसम्बन्धी थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.