जन सरोकार

राष्ट्रसङ्घका ३० बढी निकाय कोरोनाका बारेमा दोषारोपण त्याग्दै स्नेह फैलाउने अभियानमा

राजधानीस्थित संयुक्त राष्ट्रसङ्घका विभिन्न निकाय, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संस्थासहित ३० भन्दा बढी सङ्घसंस्थाले कोभिड–१९ को सन्दर्भमा फैलिरहेको भेदभाव र दोषारोपण अन्त्यको आह्वान गर्दै स्नेह फैलाउने अभियान शुरु गरेका छन् ।

नेपालमा पहिलो व्यक्तिमा कोभिड–१९ देखिएको पाँच महिना भएको तथा त्यस बेलादेखि यसबाट मुक्ति पाएका व्यक्ति र तिनका परिवार, वैदेशिक रोजगारीबाट फर्केका, स्वास्थ्यकर्मी, महामारीको जोखिममा रहेका सर्वसाधारण, फरक पृष्ठभूमि, जाति र क्षमता भएका व्यक्तिहरू विरुद्ध बढिरहेको भेदभावका समाचार सार्वजनिक भइरहेको सन्दर्भमा स्नेह फैलाउने अभियान थािलएको हो ।

“कोरोना भाइरसबाट मात्र होइन अहिले हामीले आफूलाई त्रास, अफवाह र दोषारोपणबाट पनि एकर्कालाई जोगाउनुपर्छ । यति बेला हाम्रो सबैभन्दा ठूलो शक्ति नै सत्य तथ्य र एकता हो, यो कठिन घडीमा हामी सबै एकैसाथ छौँ”, राष्ट्रसङ्घीय सूचना केन्द्रले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

स्नेह फैलाऔँ अभियानले सबैजनालाई कोभिड–१९ बाट प्रभावित व्यक्तिहरूको समर्थनमा माया, सद्भाव र आशाका सन्देश फैलाउन आव्हान गरेको छ भने भाइरसबाट जोगाउन अग्रपङ्तिमा रहेर अहोरात्र काम गरिरहेका स्वास्थ्यकर्मीहरूमा कृतज्ञता व्यक्त गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.