कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो- काठमाडौं र ललितपुर रेड जोनमा

नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ । मंगलबार देशका विभिन्न जिल्लामा गरिएको पिसिआर परीक्षणका क्रममा ५ सय ३८ जनामा संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या १० हजार नाघेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मगंलबार गरेको पत्रकार सम्मेलनमा प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले दिएको जानकारी अनुसार थपिएका संक्रमितमध्ये ४ सय ४८ जना पुरुष र ९० जना महिला रहेका छन् ।
यस्तै, थप ७६ जना निको भएर डिस्चार्ज भएका छन् । मगंलबार मात्रै ८ महिला र ६८ पुरुष डिस्चार्ज भएका हुन् । सँगै कुल डिस्चार्ज हुनेको सङ्ख्या दुई हजार २२४ पुगेको छ । समा १८९ महिला र २०३५ पुरुष छन् ।
यसै गरी काठमाडौं र ललितपुर रेड जोनमा परेको छ । मंगलबार दुई जिल्लामा एक एकजना संक्रमित थपिएका छन् । उपत्यकामा संक्रमितको संख्या ५ सय ८ पुगेको छ ।
नेपालमा कोरोना भाइरस फेला परेका जिल्लाहरुको संख्या ७६ छ । बागमती प्रदेशको रसुवा जिल्ला बाहेकका सबै जिल्लामा कोरोना सङ्क्रमण फैलिएको छ । नेपालमा ७७ वटा जिल्ला रहेका छन् ।
यसै गरी मंगलबार थप एकजनाको कोरोना संक्रमितको मृत्यु भएको छ । दैलेखका ४५ वर्षका एकजना पुरूषको कर्णाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । योसँगै मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ ।
प्रतिक्रिया राख्नुहोस्