जापान

जनजाति महासंघ कान्साईमा भबिन्द्र कुलुङ राई चयन

नेपाल आदिवासी जनजाति महासंघ कान्साई क्षेत्रीय कमिटीको प्रथम महाधिवेशले भबिन्द्र कुलुङ राईलाई संयोजकमा चयन गरेको छ ।आदिवासी जनजाति अभियन्ता सहित कान्साईवासी नेपालीहरूको सहभागिता रहेको अनलाईन अधिवेशनले राईको संयोजकत्वमा २२ सदस्यीय कमिटी गठन गरेको हो ।

अधिवेशनले सहसंयोजकमा क्रान्ति तामाङ र रजन्ती साम्पाङ राईलाई चयन गरेको छ भने सचिवमा लोकमान पुन मगर, सहसचिवमा दुर्ज धिमाल, कोषाध्यक्षमा आनन्द राई र सहकोषाध्यक्षमा निमा शेर्पालाई सर्वसम्मत चयन गरेको छ ।

त्यसै गरी सदस्यहरूमा देउमान तमाङ, सम्झना राई, सुवास कोई राई, विशाल राई, सुरज चौधारी, पुनम चौधारी, निरा श्रेष्ठ, देबेन्द्र गुरुङ, नरेन मोक्तान, मधु गुरुङ, लगन राई, सुरज राई, विनोद लामा र मिलन लिम्बु चयन भएका छन् ।

महासंघका संघीय अध्यक्ष जगत बरामको प्रमुख आतिथ्यता र नेपाल आदिवासी जनजाति महासंघ उपाध्यक्ष तथा विदेश विभाग इञ्चार्ज गोविपन्द छन्त्याल, आङकाजी शेर्पा, आदिवासी जनजाती अभियान्ता तथा केन्द्रीय सदस्य नेकपा (माओवादी केन्द्र) अजम्बर काङमाङ राई, नेफिन जापानका पूर्व अध्यक्ष गैरआवासीय अभियान्ता ओम गुरूङ, एनआरएनए जापानका कार्यवाहक अध्यक्ष अनिता गुरूङ कार्यक्रममा सहभागि हुनु भएको थियो ।

अधिवेशनमा जसपा जापानका अध्यक्ष पेम्बा शेर्पा, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, एनआरएनए जापानका प्रवक्ता सिद्दार्थ श्रेष्ठ, नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) जापानका अध्यक्ष फुर्वा शेर्पा, एनआरएनए जापान क्युस्युका संयोजक अर्जुन थापा लगायत जापानमा रहेका विभिन संघ संस्थाको अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

जापानमा क्रियाशिल ११ वटा एकल जातीय संघसंस्थाहरू समेटिएर जापानमा जनजाति महासंघ जापानवासी नेपालीहरूसंग हातेमालो गरेर विभिन्न कार्यहरुमा सक्रिय रहेको महासंघ जापानका अध्यक्ष संजीव राईले जानकारी दिनुभयो ।

अध्यक्ष राईका अनुसार हाल महासंघले नागोया, क्युसु, कान्तो, सेन्दाई, किता कान्तो, कान्साई र चिबा लगायतका क्षेत्रमा क्षेत्रीय समिति विस्तार गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.