खेलजापानविविध

ओलम्पिक खेलका दर्शकलाई मदिरा खुला होला ?

सन् २०२० मा सम्पन्न भैसक्नुपर्ने टोकियो ओलम्पिक कोरोना भाइरस संक्रमणका कारण स्थगित भएर आउँदो जुलाई २३ बाट सुरु हुने तय भएको खेलमा विभिन्न प्रतिबन्धहरुले यसको रौनकमा कमी ल्याउने निश्चित नै छ ।

ओलम्पिक रंगशालाहरुमा १० हजारभन्दा बढी दर्शक उपस्थित हुन नदिनेदेखि लिएर मदिरा विक्री खुला गर्ने कि नगर्ने भन्ने बहस अझै जारी छ । अर्कोतिर विभिन्न मुलुकका खेलाडीहरुलाई स्वास्थ्य सुरक्षाा मापदण्ड पालना गर्नुपर्ने नियमले सम्बन्धित देशहरुले असन्तुष्टि जनाएका छन् ।

यसबीचमा ओलम्पिक प्रतियोगितास्थलमा संक्रमण रोकथामका लागि चालिनुपर्ने नियमका कारण मदिराको अनुमति दिने कि नदिने भन्ने विषयमा आयोजक समितिले विचार गरिरहेको बताएको छ ।

सोमबार टोकियो ओलम्पिक आयोजक समितिका अध्यक्ष सोइको शाहिमोतोले दर्शकहरुका लागि मदिरा उपयोगका विषयमा विचार गरिरहेको बताउँदै खेल नियमहरुका अध्ययन पश्चात् दर्शकहरु सुरक्षा नियम पालना गर्न सक्छन् वा सक्दैनन् यसको निक्र्योलपछि निर्णय गरिनेछ । उहाँले मदिरा सेवन गरेर कराउने वा कुराकानी गर्ने काम रोक्नु आवश्यक हुने पनि बताउनुभयो ।

ओलम्पिक खेलस्थलमा दर्शकका लागि वियर बेच्ने अनुमति एक प्रमुख वियर उत्पादकले पाइसकेकाले आयोजक समिति उसको अधिकारको सम्मानका लागि गम्भीरतापूर्वक आवश्यक निर्णय लिन चाहेको बताइएको छ ।

आयोजक समितिले यसै हप्तासम्ममा दर्शकका लागि स्पष्ट मार्गनिर्देशक जारी गर्ने योजना बनाइरहेको छ । मार्गनिर्देशकमा दर्शकहरुलाई खेलस्थलमा आउँदा र जाँदा बीचमा विश्राम नगने, डुल्दै हिंड्ने तथा सडकमा मदिरा सेवन नगर्न आग्रह गरिनेछ ।

अहिलेसम्मको स्थितिमा खेल रंगशालाहरुमा १० हजारसम्म दर्शक राख्ने योजना रहेको भए पनि संक्रमण बढेमा पुनः संकटकाल लाग्ने र त्यसो भएमा दर्शकलाई निषेध गरिनेछ ।

टोकियो ओलम्पिकमा विदेशी दर्शकलाई प्रवेश निषेध

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button