खेलफूटबल

इराकलाई पराजित गर्दै फ्रान्स फिफा विश्वकपको नकआउट चरणमा

फ्रान्स फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार बिहान भएको खेलमा इराकलाई ३–० ले हराउँदै फ्रान्स नकआउट चरणमा प्रवेश गरेको हो ।

अमेरिकाको फिलाडेल्फिया स्टेडियममा भएको एकतर्फी खेलमा खेलको १४औं मिनेटमा कप्तान किलियन एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । पहिलो हाफको खेल सकिएपछि भारी वर्षा भएपछि खेल करिब २ घन्टा खेल रोकिएको थियो ।

त्यस्तै एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा खेलको ५४औं मिनेटमा एम्बाप्पेले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ६६ औं मिनेटमा उस्मान डेम्बेलेलेगोल गर्दै फ्रान्स ३-० को जित दिलाए ।

फ्रान्सको यो प्रतियोगितामा लगातार दोस्रो जित हो । यसअघि पहिलो खेलमा फ्रान्सले सेनेगललाई ३–१ ले पराजित गरेको थियो । जितसंगै फ्रान्स दुई खेलबाट छ अंक जोड्दै शीर्ष स्थानमा छ भने अंकविहिन इरान र सेनेगल क्रमश; तेस्रो र चौथों स्थानमा रहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.