स्पिनर शुभम खनालले पाँच विकेट लिएपछि एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटकोआफ्नो दोस्रो खेलमा जापानले नेपाल सामू जितको लागि ८१ रनको लक्ष्य दिएको छ ।
मलेसियाको कोजल टुन्कु जाफर ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको जापान ३४.३ ओभरमा ८० रनमा अलआउट भयो । जापानको लागि कप्तान चार्ली हाराहिन्जले सर्वाधिक ३६ रन बनाए । नेपालक लागि शुभम खनालले पाँच विकेट लिए भने अभय यादवले दुई विकेट लिंदा सुशील रावल र बिपिन प्रसाद शर्माको भागमा समान एक-एक विकेट रह्यो ।
नेपाल र जापानले दोस्रो खेल खेल्दैछन् । दुवै टोली आफ्नो पहिलो खेलमा विजयी भएका थिए । नेपालले सिङ्गापुरलाई छ विकेटले पराजित गरेको थियो । त्यस्तै यता जापानले भने भुटानलाई पराजित गरेको थियो ।
एसियाली क्रिकेट परिषद् (एसिसी)को वार्षिक कार्यतालिकाअनुसार सञ्चालित उक्त प्रतियोगितामा नेपालसहित विभिन्न १० टोलीको सहभागिता छ । जसलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा रहेको नेपालसहित सिङ्गापुर, इन्डोनेसिया, भुटान तथा जापान छन् । समूह ‘बी’मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार छन् ।




प्रतिक्रिया राख्नुहोस्