क्रिकेटखेल

एसिसी पुरुष यु–१६ : नेपालको लगातार दोस्रो जित, जापान नौ विकेटले पराजित

मलेसियामा जारी एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटमा नेपालले लगातार दोस्रो जित निकालेको छ । मंगलबार बिहान भएको खेलमा जापानलाई ९ विकेटले पराजित गर्दै नेपालले प्रतियोगितामा दोस्रो जित निकालेको हो ।

एसिसी पुरुष यु–१६ : जापानद्वारा नेपाल सामू ८१ रनको लक्ष्य

मलेसियाको कोजल टुन्कु जाफर ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको जापान ३४.३ ओभरमा ८० रनमा अलआउट भयो । जापानको लागि कप्तान चार्ली हाराहिन्जले सर्वाधिक ३६ र गबी हाराहिन्जेले १३ रन बनाउनुबाहेक अन्य ब्याटरले दाेहाेराे अंकमा रन जाेड्न सकेनन् ।

नेपालक लागि शुभम खनालले पाँच विकेट लिए भने अभय यादवले दुई विकेट लिंदा सुशील रावल र बिपिन प्रसाद शर्माको भागमा समान एक-एक विकेट रह्यो । जापानले प्रस्तुत गरेको ८१ रन्को लक्ष्य लिएर मैदान उत्रेकको नेपालले १४ दशमलव २ ओभरमा एक विकेट गुमाउँदै पूरा गर्यो । नेपालको लागि शिवान्स बजगाईं ३८ र प्रशिद्ध जैसी ३२ रनमा अविजित रहे । जापानको लागि कैशी कोबायासी दोगेटले एक विकेट लिए ।

नेपालले पहिलो खेलमा सिङ्गापुरलाई छ विकेटले पराजित गरेको थियो जापानले पहिलो खेलमा भुटानलाई पराजित गरेको थियो । एसियाली क्रिकेट परिषद् (एसिसी)को वार्षिक कार्यतालिकाअनुसार सञ्चालित उक्त प्रतियोगितामा नेपालसहित विभिन्न १० टोलीको सहभागिता छ ।

जसलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा रहेको नेपालसहित सिङ्गापुर, इन्डोनेसिया, भुटान तथा जापान छन् । समूह ‘बी’मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.