आउँदो महिना हुने टोकियो ओलम्पिक खेलको तयारी तीब्ररुपले भैरहेको छ । विश्वका सर्वश्रेष्ठ खेलाडीहरुको सहभागितामा खेलको उद्घाटन भव्यरुपमा गरिने तय भएको छ भने कोरोना संक्रमणबाट सुरक्षित राख्ने चुनौतिको सामना गर्न नयाँ निर्देशन जारी भएको छ ।
खेलका लागि विदेशी खेलाडीहरु जापान आउने क्रम जारी रहेको छ । खेलाडीहरुले पनि भाइरस प्रतिरोधी उपायहरुको पालना गर्नुपर्नेछ ।
यसबीच बुधबार आईओसीका स्थलअधिकारी जाँन कोट्सले जिम्न्यास्टिक खेलको आयोजनास्थलमा भाइरस प्रतिरोधी उपायको निरीक्षण गर्नुभयो भने बाँकी खेलस्थलको पनि निरीक्षण हुनेछ ।
त्यसै गरी आयोजकले दर्शकहरुका लागि मार्गनिर्देश गरेको छ । रंगशालाहरुमा आधा क्षमतामा मात्र दर्शक प्रवेश गराइनेछ भने उनीहरुलाई मास्र्क अनिवार्य गरिएको छ र ठूलो स्वरले बोल्न मनाही गरिएको छ ।
त्यसै गरी दर्शकहरुबीच अंकमाल गर्ने, हात मिलाउने कार्य प्रतिबन्धित हुनेछन् । त्यस्तै खेल आयोजनास्थलमा मदिरापान पनि प्रतिबन्ध गरिएको छ । त्यसै गरी खेल समाप्तिपछि दर्शकहरुलाई सिधैं घर जान अनुरोध गरिएको छ ।
यसबीच टोकियो बाहिरकाा प्रान्तहरुमा हुने खेलमा भने राति ९ बजेपछि हुने खेलमा दर्शकको उपस्थिति नगराउने बताएका छन् ।
प्रतिक्रिया राख्नुहोस्