नेपाल क्रिकेट सङ्घ (क्यान)ले यही कार्तिक ९ गतेदेखि हुने नेपाल प्रिमियर लिग (एनपिएल)को खेल तालिका सार्वजनिक गरेको छ ।कार्तिक ९ गते हुने उद्घाटन खेलमा साबिक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।
क्यानका अनुसार उद्घाटन खेल दिउँसो ४:३० बजे बजे त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा हुनेछ । प्रतियोगिताका समूह चरणका खेल कात्तिक ९ देखि २९ गतेसम्म सञ्चालन हुनेछन् । त्यस्तै मंसिर एक गते पहिलो क्वालिफायर खेल हुँदा २ गते इलिमिनेटर खेल हुनेछ
यस्तै दोस्रो दोस्रो क्वालिफायर मंसिर ३ गते हुँदा फाइनल खेल मंसिर ५ गते हुनेछ । एनपिएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जित्दा दोस्रो संस्करणको उपाधि भने लुम्बिनी लायन्सले जितेको थियो ।
अघिल्ला संस्करणमा जस्तै यसपटक पनि खेलहरू दिउँसो तथा राति फ्लडलाइटमा खेलाइनेछन् । पहिलो खेल अपराह्न १२:३० बजे हुनेछ भने दोस्रो खेल दिउँसो ४:३० बजे हुनेछ ।
यस्तो छ खेल तालिका





प्रतिक्रिया राख्नुहोस्