समूह ‘सी’ बाट ब्राजिल र मोरक्को फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेका छन् । बिहिबार बिहान भएको खेलमा ब्राजिलले स्कटल्यान्डलाई ३-० र मोरक्कोले हाइटीलाई ४-२ हराउँदै नकआउट चरणमा प्रवेश गरेका हुन् ।
अमेरिकाको मियामी स्टेडियममा भएको खलमा ब्राजिललाई जित दिलाउन भिनिसियस जुनियरले दुई र मथेउस कुन्हाले एक गोल गरे । भिनिसियसले खेलको सातौं मिनेटमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए ।
त्यस्तै व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा भिनिसियसले पहिलो हाफको इन्जुरी समयमा गोल अग्रता दोब्बर बनाए । पहिलो हाफ २-० मा सकिएको खेलमा ब्राजिलले दोस्रो हाफमा थप एक गत्यो । त्यसपछि खेलको ६०औं मिनेटमा कुन्हाले गोल गर्दै ब्राजिललाई ३-० को सहज जित दिलाए ।

यसै समूह ‘सी’ अन्तर्गत नै अर्को खेलमा दुईपटकको अग्रता जोगाउन नसक्दा हाइटी माेरक्काेसंग ४-२ ले पराजित हुन पुग्यो । एटलान्टा स्टेडियममामा भएको खेल हाइटीले खेलको १०औं मिनेटमा आत्मघाती गोलमार्फत अग्रता लिएको थियो । तर खेलको ३९औं मिनेटमा मोरक्कोका अचरफ हाकिमीले गोल खेललाई बराबरीमा ल्याए ।
त्यस्तै खेलको ४३ औं मिनेटमा हाइटीका विल्सन इसिडोरले गोल गर्दै खेललाई २–१ को स्थितिमा पुर्याए । तर पहिलो हाफको इन्जुरी टाइममा मोरक्कोका इस्माइल साइबेरीले गोल गर्दै खेललाई २–२ बराबरीमा ल्याएका थिए ।
त्यस्तै ७८ औं मिनेटमा सफियन रहिमीले गोल गर्दै मोरक्कोलाई ३-२ को अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८९ औं मिनेटमा गेसिमी यासिनले गर्दै मोरक्कोलाई ४-२ को जित दिलाए ।

ब्राजिल र मोरक्को समान सात अंक जोड्दै समूह विजेता र उपविजेता बन्दै नाक आउट चरणमा प्रवेश गरे । हाइटी भने यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको थियो ।




प्रतिक्रिया राख्नुहोस्