बिशेषराजनीति

कक्षा १२ नतिजा छिटो सार्वजनिक भएको विरोधमा विद्यार्थीहरु उत्रिए सडकमा

सरकारले विद्यालय शिक्षा सुधारका लागि परीक्षा केन्द्रमा उत्तरपुस्तिका परीक्षण गराई विगतको तुलनामा निकै छिटो नतिजा प्रकाश गरेपछि केही विद्यार्थीहरुले असन्तुष्टि जनाउँदै काठमाडौंको माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेका छन्।

एआई सिर्जित नमूना तस्वीर

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजामा त्रुटि भएको, प्राप्ताङ्क वास्तविक प्रदर्शनअनुसार नआएको तथा पुनर्मूल्यांकन र रिटोटलिङको व्यवस्था प्रभावकारी नभएको दाबी गर्दै विद्यार्थीहरू प्रदर्शनमा उत्रिएका हुन्।

उनीहरूले पारदर्शी र विश्वसनीय मूल्यांकन प्रणाली लागू गर्न, उत्तरपुस्तिका पुनः परीक्षणको व्यवस्था गर्न तथा नतिजासम्बन्धी गुनासो सुनुवाइका लागि प्रभावकारी संयन्त्र निर्माण गर्न माग गरेका छन्।

माइतीघर मण्डलमा भेला भएका विद्यार्थीहरूले प्लेकार्डसहित नाराबाजी गर्दै राष्ट्रिय परीक्षा बोर्डको ध्यानाकर्षण गराएका थिए। उनीहरूले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने चेतावनी दिएका छन्।

यद्यपि, प्रदर्शनमा सहभागी अधिकांश विद्यार्थीले सामाजिक सञ्जालमार्फत गरिएको आह्वानका आधारमा विरोधमा उत्रिएको बताएका छन् ।

कतिपय विद्यार्थी नतिजाप्रति असन्तुष्टि जनाउँदै सडकमा उत्रिए पनि अधिकांश विद्यार्थीले भने आफ्नो नतिजा स्वीकार गरी आगामी शैक्षिक यात्राको तयारीमा जुटिसकेका छन्।

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) र कक्षा १२ को नतिजा प्रकाशन तथा पूरक परीक्षाको नतिजा अघिल्ला वर्षहरूको तुलनामा छिटो सार्वजनिक गरिएको छ।

विद्यालय शिक्षामा सुधार तथा शैक्षिक क्यालेन्डरलाई नियमित बनाउने प्रयासस्वरूप नतिजा समयमै सार्वजनिक हुनु सकारात्मक पक्ष भएको शिक्षाविद्हरूले बताएका छन्।

शिक्षाविद्हरूका अनुसार समयमै नतिजा प्रकाशन हुँदा विद्यार्थीको उच्च शिक्षा तथा अन्य शैक्षिक योजनामा सहजता पुग्ने भएकाले यसलाई विद्यालय शिक्षा सुधारतर्फको महत्वपूर्ण कदमका रूपमा लिन सकिन्छ।

यद्यपि, मूल्यांकन प्रणालीप्रति उठेका गुनासालाई सम्बन्धित निकायले गम्भीरतापूर्वक सम्बोधन गर्दै थप पारदर्शिता र विश्वसनीयता कायम गर्नुपर्ने उनीहरूको भनाइ छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.