जन सरोकार

संगै बसेर मापसे गर्नेहरुबीचको सामान्य विवादले भयो हत्या, तीनजना पक्राउ

काठमाडौंको बिजेश्वरीमा संगै बसेर मदिरा सेवन गरेकाहरुबीच भएको सामान्य विवादमा एक जना पुरुषको हत्या भएको छ । घटनामा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरिएको छ ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी राजकुमार केसीका अनुसा अनलाइनखबर ओखलढुंगा घर भएका अन्दाजी ३५/४० वर्षका श्याम परियारको हत्या भएको हो । पक्राउ पर्नेमा ओखलढुंगाका शम्भु विक, काठमाडौं, पक्नाजोलका कृष्णमान शाक्य र काभ्रेका राम लामा तामाङ छन् ।

महानगरीय प्रहरी वृत्त, स्वयम्भुका डीएसपी निरञ्जन भट्टका अनुसार मादक पदार्थ सेवन गरेको नसामा विवाद हुँदा तीन जनाले परियारमाथि हातपात गरेको पाइएको छ ।

प्रहरीले शुक्रबार बिहान तीनै जनालाई विभिन्न स्थानबाट पक्राउ गरेको जनाइएको छ । यस सम्बन्धमा विस्तृत अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

अभियुक्तहरुले ‘सिमेन्टबाट बनेको ढलान ढुंगाले टाउकोमा प्रहार गरेर घाइते बनाएर घटनास्थलमै गएर छाडेर गएका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.