जन सरोकार

त्रिवि र फाउण्डेसनबीच छात्रवृत्तिमा समझदारी

त्रिभुवन विश्वविद्यालयका विभिन्न विभाग र मदन भण्डारी फाउण्डेशनबीच विद्यार्थीलाई अध्ययन र अनुसन्धानका लागि छात्रवृत्ति प्रदान गर्ने सम्बन्धी समझदारी भएको छ ।

फाउण्डेशनद्वारा शनिबार आयोजित ‘जनताको बहुदलीय जनवाद र शिक्षामा अनुसन्धानको महत्व’ विषयक छलफल कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ र विश्वविद्यालयका उपकुलपति प्रा. डा. धर्मकान्त बाँस्कोटाको उपस्थितिमा फाउण्डेशनकी सचिव पेम्बा लामा तथा विश्वविद्यालयका विभिन्न विभागका प्रमुखबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

कार्यक्रममा मन्त्री श्रेष्ठले सरकारले फाउण्डेसनले ल्याउने उपर्युक्त योजना र प्रस्तावमा सहकार्य गर्न सक्ने बताउनुभयो । त्रिविका भौतिक शास्त्रका प्रा डा विनिल अर्यालले नेपालको पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय विश्वमै रहेका विश्वविद्यालयमध्ये ८००–१००० श्रेणीभित्र पर्न सफल भएको र यो क्रम सुधारोन्मुख रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button