राजनीति

त्रिविमा प्राध्यापक अभाव, आवेदनको तुलनामा ३३ प्रतिशत मात्र पदपूर्ति

मुलुकमा विश्वविद्यालय शिक्षणमा आकर्षण घट्दै गएको पाइएको छ । दक्ष र योग्य व्यक्तिको आवेदन पर्न छाडेको छ । यसको पछिल्ला उदाहरण त्रिभुवन विश्वविद्यालय बनेको छ ।

त्रिवि सेवा आयोगले सेवा आयोगले २०७७।०७८ मा प्रकाशित विज्ञापनको नतिजा सार्वजनिक गर्दा विभिन्न सङ्कायअन्तर्गतका विषयमा २ सय ७५ उपप्राध्यापक माग गर्दा परीक्षामा समग्रमा ३३ प्रतिशत आवेदक मात्रै उत्तीर्ण भएका छन् ।

आयोगले सञ्चालन गरेको परीक्षामा जम्मा ९१ जना मात्रै उत्तीर्ण भएकाले सो संख्यामा मात्रै स्थायी पदपूर्ति हुने आयोगका प्रशासकीय प्रमुख विष्णु अर्यालले जनाउनुभयो ।

‘त्यसो त कतिपय विषयमा माग सङ्ख्या भन्दा बढी उम्मेदवारमा पनि पास भएका छन् भने कतिपय विषयमा माग सङ्ख्याअनुसार लिखित परीक्षामा नै उत्तीर्ण नभएपछि पद रिक्त रहने भएको छ ।

अहिलेको सबभन्दा आकर्षक विषय सूचना प्रविधि, कम्प्युटर एप्लिकेसन, कानुन, इतिहास, खेलविज्ञान, परामर्श मनोविज्ञान, हिन्दी, अर्थशास्त्र शिक्षा, इतिहास शिक्षा, जनसङ्ख्या शिक्षा, मैथिली र विज्ञान शिक्षा विषयमा पास प्रतिशत शून्य रहेको छ ।

सेवा आयोगले उपलब्ध गराएको तथ्याङ्कअनुसार कानुनमा २२ जना उपप्राध्यापक माग गर्दा एकजना पनि पास भएनन् । ३० जना लिखित परीक्षामा सहभागी भएका थिए । इतिहासमा २ जना, कम्प्युटर एप्लिकेशनमा २ जना उपप्राध्यापक माग गर्दा पास सङ्ख्या शून्य रह्यो ।

ठूलो सङ्ख्यामा पदपूर्तिका लागि दरखास्त आह्वान गरेका विषयमा पनि आवश्यक सङ्ख्यामा पदपूर्ति हुन सकेको छैन । व्यवस्थापन सङ्कायअन्तर्गत ७५ जना उपप्राध्यापकका लागि विज्ञापन माग्दा ५ जना मात्रै उत्तीर्ण भएको आयोगको तथ्याङ्क छ ।

अंग्रेजी विषयका लागि २५ जना माग्दा ७, अर्थशास्त्रमा १५ जना उपप्राध्यापक माग्दा १२, अंग्रेजी शिक्षामा १४ जना माग्दा १२ जना, समाजशास्त्रमा १२ जना माग्दा ११ जना लिखित परीक्षामा सफल भएका छन् ।

त्यस्तै गणित शिक्षामा ८ जनाका लागि विज्ञापन आह्वान गर्दा २ जना, जनप्रशासनमा ८ पदमध्ये १ पदमा मात्रै, नेपाली शिक्षामा ८ पदमा ३ जना मात्रै उत्तीर्ण भए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.