कृषि

बारामा ९३ हजार मेट्रिकटनभन्दा बढी धान उत्पादन

बारा जिल्लामा यस वर्ष ९३ हजार ३३० मेट्रिकटन चैतेधान उत्पादन भएको छ । जिल्लामा १८ हजार ३०० हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट ९३ हजार ३३० मेट्रिकटन उत्पादन भएको हो ।

कृषि ज्ञानकेन्द्रका प्रमुख राजनारायण साहले किसानले विभिन्न जातका चैते धान १८ हजार ३०० हेक्टर क्षेत्रफलमा खेती गरेकामा प्रतिहेक्टर पाँच दशमलव एक मेट्रिकटनका दरले उत्पादन भएको जानकारी दिनुभयो ।

उत्पादित धान कलैया बजारमा प्रतिक्विन्टल रु दुई हजारमा बिक्री हुने गरेको जनाउँदै कृषि अर्थ विज्ञ गणेश महराले सो बिक्रीबापत रु एक अर्ब ८६ करोड ६६ लाख बराबर आम्दानी भएको उल्लेख गर्नुभयो ।

गत वर्ष १८ हजार हेक्टर क्षेत्रफलमा खेती गरिएकामा प्रतिहेक्टर पाँच दशमलव एक मेट्रिकटनका दरले रु दुई अर्ब एक करोड ९६ लाख बराबर आम्दानी भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.