जल/वातावरण

फोक्सोको क्यान्सर पीडित कोरोना संक्रमितको भरतपुर अस्पतालमा निधन

चितवनको भरतपुर अस्पतालमा फोक्सोको क्यान्सरबाट पीडित एक कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालको कोभिड–१९ आइसीयूमा शनिबार बिहान सात बजे बिरामीको मृत्यु भएको अस्पताल कोभिड–१९ क्लिनिकल कोर्डिनेटर डा प्रमोद पौडेलले जानकारी दिनुभएको छ ।

डा. पौडेलका अनुसार कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ७ का ५० वर्षीय पुरुषको मृत्यु भएको हो  असार १० गते चितवन मेडिकल कलेजमा भर्ना भएका उनलाई असार ११ गते राति ८ बजे भरतपुर अस्पताल रिफर गरिएको थियो । उनी फोक्सोको क्यान्सरका विरामी थिए ।

उनलाई बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि उनलाई भरतपुर अस्पताल सारिएको थियो । यसअघि भरतपुर महानगरपालिका–११ का कोरोना संक्रमितको मृत्यु भएको थियो ।

सम्बन्धित खबर

Back to top button