जल/वातावरण

आरडिटीबाट रोगको पहिचान राम्ररी नहुने भएकाले पिसिआर नै गर्नुपर्छ­ : प्रा डा श्रेष्ठ

वरिष्ठ मुटुरोग सर्जन प्राडा मलखलाल श्रेष्ठ नेपालमा सरकारले समयमै लकडाउन (बन्दाबन्दी) गरेका कारण कोभिड १९ को सङ्क्रमणले विकराल अवस्था ल्याउनबाट रोकेको बताउनुभएको छ । जर्मनीको ह्यानोभर मेडिकल स्कुल (विश्वकै प्रसिद्ध मेडिकल विश्वविद्यालय)मा २५ वर्षदेखि कार्यरत उहाँले राससका कार्यकारी सम्पादक कृष्ण अधिकारीसँगको कुराकानीमा भन्नुभयो, “लकडाउनसँगै शुरुमा भारतबाट आउने नेपालीलाई स्वदेश भित्र्याई केही दिनको क्वारेन्टिनमा राखेर आ­आफ्नो घरमा जाने प्रबन्ध मिलाउन सकेको भए अहिलेको जत्तिको सङ्क्रमण पनि हुने थिएन होला ।”

उहाँ आरडिटीबाट रोगको पहिचान राम्ररी नहुने भएकाले पिसिआर गर्नुपर्नेमा जोड दिनुहुन्छ । “लकडाउनलगत्तै उपप्रधानमन्त्रीको नेतृत्वमा गठित नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति गठन गरेर सरकारले गम्भीरता देखाएपनि त्यसमा भाइरोलोजिष्ट र इपिलोजिष्टसहितका विज्ञहरु राखेर उनीहरुको सल्लाहअनुसार रोकथाम र उपचारका काम गर्नुपर्दछ,”, उहाँ भन्नुहुन्छ । यो रोग कुनै एक देशमा मात्र नभई विश्वभरि नै विस्तार भएकाले यसको नियन्त्रणका लागि पनि व्यक्ति, परिवार, समाज र राष्ट्र राष्ट्रहरुबीचको समन्वयात्मक भूमिका र उत्तरदायित्व रहनेमा जोड दिँदै अझ हामीजस्ता विकासशील देशहरुका लागि त आर्थिक सामाजिक पक्ष पनि जोडिएर आउने भएकाले झन् सबै नै उत्तिकै सम्वेदनशील हुनु जरुरी रहेको उहाँको भनाइ छ ।

अझैपनि धेरै जनालाई मास्कको उचित प्रयोग, स्यानिटाइजर र साबुनपानीले हात धुनेजस्ता सामान्य तथा महत्वपूर्ण कुराहरुका बारेमा जानकारी पुग्न नसकेको र पछिललो समय लकडाउन खुकुलो भएसँगै यसको प्रयोगप्रति बढ्दो बेवास्ताले गर्दा आगामी दिनमा कोभिडको संक्रमणको जोखिम बढ्न सक्नेतर्फ उहाँ सचेत गराउनुहुन्छ । उहाँले भन्नुभयो,“अन्य देशको अनुभवका आधारमा विज्ञसहितको उच्चस्तरीय समितिको बैठक हरेक दिन बस्नु पर्ने देखिन्छ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गर्ने पत्रकार सम्मेलनमा सङ्क्रमितको विवरणसहित विज्ञहरुबाट कसरी सुरक्षित गरिएमा कन्ट्रयाक्ट ट्रेसिङको साथै नभई अझ राम्रो हुनथ्यो ।”

चीनको वुहान प्रान्तमा जनवरीमा यस रोगको लक्षण देखिएलगत्तै चीन सरकारले लकडाउन गरी ठूलो क्षति हुनबाट रोको बताउँदै उहाँ भन्नुहुन्छ, “इटाली, स्पेन, अमेरिकालगायतका देशहरुले यसलाई चीनको रोग भन्दै शुरुमा बेवास्ता गरेको परिणाम आज उनीहरुले ठूलो क्षति भोग्नुपरेको हो ।” जर्मनीका प्रधानमन्त्री इन्जिला मेकर९जो आफैँ पनि आणविक वैज्ञानिक हुन्० ले त्यहाँको सरुवा रोग इन्टिच्युट रोबर्ट ककका निर्देशक र विशेषज्ञहरुके कमिटीले दिएको सुझाव अनुसार कार्य गरेकाले रोगलाई नियन्त्रण गर्न सजिलो भएको समेत उल्लेख गर्नुभयो ।

कोरोनाका बारेमा सरकारले जनतामा त्रास नभई आशा जगाउन सक्नुपर्नेमा जोड दिँदै उहाँ भन्नुहुन्छ, “यसमा ८० प्रतिशत सङक्रमितलाई केही हुँदैन, १५ प्रतिशतमा मात्र लक्षण देखा पर्ने हो र बाँकी पाँच प्रतिशतमा मात्र जोखिम हुने भएकाले त्यसलाई ध्यानमा राखी उपचार गर्दा रोग फैलिन पाउँदैन ।” जर्मनीले पनि यसैअनुसार काम गरेकाले ठूलो नोकसानी हुन नपाएको उहाँको भनाइ छ ।

जर्मनीजस्तै नेपाल पनि संघीय गणतन्त्र र समाजवादी व्यवस्था अवलम्बन गरेका मुलुक भएकाले जर्मनीले झैँ शिक्षा र स्वास्थ्य सम्पूर्णरुपमा राज्यले निःशुल्क गर्नुपर्दछ र यस्तो विपद्को समयमा राज्यले सहजीकरणको भूमिका खेल्नुपर्नेमा उहाँ जोड दिनुहुन्छ । सरकारले शुरु गरेको स्वास्थ्य वीमालाई यहाँ पनि अनिवार्य बनाउनुपर्ने उहाँको भनाइ छ । कोरोनाबाट विश्वका अधिकांश देशले ठूलो आर्थिक क्षति व्यहोर्दा पनि जर्मनीमा यसको असर एक प्रतिशतको हाराहारीमा मात्रै परेको छ ।

बुढानीलकण्ड स्कुलबाट २०३८ सालमा प्रवेशिका परीक्षामा बोर्डमा पर्नु भएका उहाँ अस्कल क्याम्पसबाट आइएस्सीमा पनि बोर्डमा परेपछि छात्रवृत्तिमा भारतको कोलकत्ताबाट एमबिबिएस गर्नु भई अढाइ वर्ष बीर अस्पतालमा सेवा गर्नुभयो । त्यसपछि जर्मनीको मेडिकल युनिभर्सिटीबाट छात्रवृत्ती पाउनु भई सन् २००५ मा पिएचडी गर्नुभयो र २००९ मा पुनः अर्को पिएचडीको डिग्री पनि हासिल गर्नुभयो । सन् २०१२ देखि प्रोफेसरका रुपमा कार्य गर्न थाल्नुभएका उहाँ हाल अमेरिका,बेलायत, इटाली, हङकङलगायत विभिन्न देशमा भिजिटिङ प्रोफेसरको रुपमा कार्यरत हुनुहुन्छ भने मुटुबाट आउने नशाको शल्यक्रिया ९जुन १० घण्टासम्म लगाएर गरिने अत्यन्त जटिल मानिन्छ० गर्ने विश्वका उच्च पाँच सर्जनमध्ये उहाँ पर्नुहुन्छ । हालसम्म उहाँले सात हजारभन्दा बढी यस्ता शल्यक्रिया गरिसक्नु भएको छ भने विभिन्न अन्तराष्ट्रिय मेडिकल जर्नलहरुमा सयभन्दा बढी अनुसन्धानमूलक लेख प्रकाशित भैसकेका छन् ।

कोभिडको संक्रमण विश्वका सम्पन्न मुलुकहरुमा बढी देखिएकाले छिटै यसको औषधि वा खोप पत्ता लाग्नेमा उहाँ विश्वस्त देखिनुहुन्छ ।

उहाँ वर्षमा तीन÷चारपटक नेपाल आई मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट र शहीद गंगालाल हृदयरोग केन्द्रमा जटिल अवस्थामा रहेका मुटुका विरामीहरुको निःशुल्करुपमा शल्यक्रिया गर्ने गर्नुहुन्छ । उहाँ ती संस्थाहरुको अवैतनिक भिजिटिङ प्रोफेसर मात्र हुनुहुन्न, त्यहाँ कार्यरत चिकित्सकहरुलाई प्रशिक्षण पनि दिँदै गर्दै आउनुभएको छ । उहाँ भन्नुहुन्छ, “राज्यले हामीजस्ता देश बाहिर रहेका विशेषज्ञहरुको सेवा लिन चाहेमा हामी निःशुल्क मात्र होइन, उल्टै हामीले सहयोग गर्ने गरी सेवा गर्न तत्पर छौँ ।” यसपटक पनि उहाँ आमा ९सर्वोच्च अदालतकी प्रथम महिला न्यायाधीश शिलु सिँह०को निधनको समयमा नेपाल आउँदा पनि मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्टमा तीनवटा शल्यक्रिया गर्न भ्याउनु भएको छ । ––– ९तस्बिर संलग्न छ०

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.