राजनीति

कांग्रेस ‘प्रचण्डपथ’मा गयो, माधव नेपाल प्रचण्डका कार्यकर्ता

प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति, स्थिरता, विकास र लोकतन्त्रको हिमायती भन्ने नेपाली कांग्रेस प्रचण्डपथमा गएपछि आश्चर्य मान्नु नपर्ने बताउँदै चर्को आलोचना गर्नुभएको छ ।

सोमबार मदन भण्डारीको ७० औं जन्मोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस प्रचण्डपथमा गएपछि त्यसका कार्यकर्ताहरु गोड्सेको खोजी गर्नुपर्ने बताउने र नपाइए आफैं गोड्से बन्न तयार छु भन्नु स्वाभाविक हो भन्नुभयो ।

सोही कार्यक्रममा माधवकुमार नेपाल र प्रचण्डप्रति कडा प्रहार गर्नुभएका प्रधानमन्त्री ओलीले आफूलाई प्रधानमन्त्रीको अफर आएको तर आफूले देउवालाई धोका नदिने बताएर उनी कांगे्रेस प्रवेश गरिसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो पार्टीलाई ध्वस्त पार्ने, कम्युनिष्ट आन्दोलन ध्वस्त पार्ने र सबैलाई धोका दिए पनि शेरबहादुर देउवालाई धोका दिन नसक्ने बताए पनि केपी ओलीलाई बहुला कुकुरले टेकेको छ र देशमा कोहीँ मान्छे नपाए जसरी माधव नेपाललाई प्रधानमन्त्री प्रस्ताव गर्ने भन्दै व्यंग्य गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो माधवकुमार नेपाल भन्ने एकजना मान्छे कांग्रेसको पुच्छर समातेर विपक्षीलाई सरकार बनाउन लगाउने अनि एमालेको वरिष्ठ नेता भन्ने योभन्दाा लाजसरम पचाएको अरु केलाई भन्ने ।

त्यसै गरी प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छेपारोले झैं रंग फेर्नु नौलो नभएको बताउनुभयो । उहाँले भन्नुभयो “प्रचण्डले हालै राष्ट्रपतिभन्दा राजा नै राम्रो भनेको र मानिसहरु छक्क परेको भन्दै उनले भने, ‘किन छक्क मान्ने ? छेपारोले रंग छिनछिनमा फेर्छ त !”

‘खैरोखौरो मुढामा गयो भने खैरो रंग बनाउँछ । हरियोमा गयो भने हरियो, कालोकालो बोक्रो भएकामा पुग्यो भने कालोकालो बनाउँछ । छेपारोले रंग फेर्छ त ।’ ‘कहिले कम्फर्टेबल सरकार बनाइदिन्छु भन्छन् । कहिले यस्तो हुँदा पनि हाम्रा लोकतान्त्रिक छिमेकी के हेरेर बसेका छन्, किन हस्ताक्षेप गर्दैन भन्छन्क । कहिले गणतन्त्र ल्याउने मैं हुँ भन्छन्, कहिले गणतन्त्रभन्दा राजतन्त्र राम्रो भन्न पुग्छन् । कहिले राष्ट्रपतिभन्दा राजा नै ठीक भन्छन् ।’

प्रचण्डको काम नै देशलाई बर्बाद बनाउने भएको भन्दै प्रधानमन्त्री ओली त्यस्ता मान्छेलाई गुरु थापेर लोकतान्त्रिक इतिहास भएका पार्टीहरु प्रचण्ड पथमा हिँड्नु अचम्म लाग्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.