उज्बेकिस्तानलाई हराउँदै कंगो डीआर फिफा विश्वकप २०२६ नकआउट चरणमा प्रवेश गरेको छ । आइतबार समूह ‘के’ अन्तर्गत को खेलमा उज्बेकिस्तानलाई ३–१ गोलअन्तरले पराजित गर्दै कंगो नकआउट चरणमा प्रवेश गरेको हो ।
५२ वर्षपछि विश्वकप खेलेको कंगो पहिलो पटकमै नकआउट पुगेको छ । खेलको १० औं मिनेटमा उज्बेकिस्तानका लागि एल्डोर शोमुरोडोभले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
तर खेलको ६८ औं मिनेटमा कंगोका योवान विसाले पेनाल्टी मार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यस्तै ७८ औं मिनेटमा फिस्टन मायेलेले गोल गर्दै कंगोलाई २-१ को अग्रता दिलाए ।
त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा योवान विसाले व्यक्तिगत दोस्रो गोल गर्दै कंगोलाई ३–१को जित दिलाए । जितसँगै कंगोले समूह ‘के’ ४ अंकसहित तेस्रो रह्यो । कंगो उत्कृष्ट तेस्रो टिम बन्दै नकआउट चरण पुगेको हो ।




प्रतिक्रिया राख्नुहोस्