राजनीति

नेकपा र नेकाका कार्यकर्ताबीच झडपमा गोली चल्यो, १२ जना घाइते

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा १२ जना घाइते भएको प्रहरीले जनाएको छ । नेकपा कार्यकर्ताको ट्याक्टरले कांग्रेस कार्यकर्ताको मोटरसाइकललाई बाटो नछाडेर निहुँमा झडप भएको हो ।

गोली

सर्लाहीको धनकौल गाउँपालिकामा दुई पार्टीका कार्यकर्ताबीचको विवाद झडपमा परिणत मात्र भएन गोली समेत चलेको र बाह्र बोरको बन्दुकको छर्रा लागेर उनीहरु घाइते भएका हुन् । घाइते सबैको अवस्था सामान्य छ ।

प्रदेश नं २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहका अनुसार सामान्य विषयबाट सुरु भएको विवाद बढ्दै जाँदा दुवैतर्फ सयौं मानिस भेला भएका र त्यस क्रममा तीन राउण्ड गोली चलेको हो ।

गोली चलेको बन्दुक कसको हो भन्ने खुलिसकेको छैन । यद्यपि, प्रहरीले स्थानीय मुकेश शाहलाई गोली चलाएको आशंकामा पक्राउ गरेको छ ।

घाइतेको जिल्लास्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ । आइतबार राति साढे ८ बजे भएको घटनाले उग्र रुप लिएपछि स्थितिलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली गाउँपालिकामा पुगेको थियो भने केही राउण्ड टियर ग्यास हानिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.