क्रिकेटखेल

एसिसी पुरुष यु–१६ : नेपालको सानदार जित, इन्डोनेसिया ३ सय ७० रनले पराजित

नेपाल सेमिफाइनलमा प्रवेश

मलेसियामा जारी एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटमा नेपालले लगातार तेस्रो जित निकालेको छ । मंगलबार बिहान भएको खेलमा इन्डोनेसियालाई ३ सय ७० रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले प्रतियोगितामा तेस्रो जित निकालेको हो ।

एसिसी पुरुष यु–१६

जितसंगै साबिक विजेता नेपाल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको सेलान्गोर ट्रफमा टस हारेर पह्हिले ब्याटिङको गरेको नेपालले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै ४ सय २० रनको विशाल योगफल बनाएको थियो ।

नेपालका लागि प्रसिद्धले ११४ बलमा १५ चौका र एक छक्काको मद्दतले १ सय ३२ रनको शतकीय पारी खेले भने रोनक श्रीवास्तवले ८८, परिमार्जन यादवले ७१ र जोय थापाले ५७ रनको अर्धशतकीय पारी खेले । यस्तै सुगम बढाथोकीले ३९ रनमा अविजित रहे । इन्डोनेसियाका लागि केतुक धर्मपुत्रले दुई विकेट लिए भने कविन निर चड्डा, महेन्द्र पर्तामा, रियान रिजाको भागमा समान एक-एक विकेट रह्यो ।

नेपालले प्रस्तुत गरेको ४ सय २१ रनको विशाल लक्ष्य पछ्याएको इन्डोनेसिया २४.३ ओभरमा ५० रनमै अल आउट भयो । इन्डोनेसियाका लागि कविन निरज चड्डाले १५ र दिभित नन्दाले १४ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि कप्तान विपिनप्रसार शर्माले ६ विकट इए भे सुगम बुढाथोकी र सुभम खनालको समान एक-एक विकेट रह्यो ।

जितसँगै तीन खेलमा ६ अंक जोडेको नेपाल समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ भने समान खेलबाट दुई अंकका जोडेको इन्डोनेसिया चौथो स्थानमा रहँदै समूह चरणबाटै बाहिरिएको छ । नेपालले पहिलो खेलमा सिङ्गापुरलाई छ विकेटले पराजित गरेको थियो दोस्रो खेलम जापानमाथि ९ विकेटको सानदार जित निकालेको थियो ।

एसियाली क्रिकेट परिषद् (एसिसी)को वार्षिक कार्यतालिकाअनुसार सञ्चालित उक्त प्रतियोगितामा नेपालसहित विभिन्न १० टोलीको सहभागिता छ । जसलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा रहेको नेपालसहित सिङ्गापुर, इन्डोनेसिया, भुटान तथा जापान छन् । समूह ‘बी’मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.