जल/वातावरण
कोरोना संक्रमितको संख्या १४ हजार नाघ्यो- काठमाडौं थपिए १७ जना संक्रमित
वितेको २४ घण्टामा थपिएका ४ सय ८२ जना कोरोना संक्रमितसंगै नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार नाघेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार काठमाडौं उपत्यकामा दैनिक रुपमा संक्रमितको संख्या बढ्दै गएको र बुधबार काठमाडौंमा १० जना, ललितपुरमा ५ जना र भक्तपुरमा २ जनामा कोरोना संक्रमण देखिएको हो । मंगलबार उपत्यकामा १४ जना भेटिएका थिए ।
बुधबार संक्रमितहरुमध्ये १ सय १७ जना महिला र ३ सय ६५ जना पुरुष गरी ४ सय ८२ जनामा कोरोना संक्रमण देखिएको हो ।