राजनीति

एमबिबिएस लगायतका परीक्षार्थीको निःशुल्क पिसिआर गर्न माग

विवेकशील साझा युवा संगठनले चिकित्सा शिक्षा आयोगले लिने एमबिबिएस लगायत सबै प्रवेश परीक्षा दिने विद्यार्थीको पिसिआर परीक्षण निःशुल्क गर्न माग गरेको छ ।

संगठनका महासचिव सरोज गौतमले आज एक विज्ञप्ति जारी गरी मिति २०७८ साल ०३ महिना १५ गते जारी गरेको सूचना बमोजिम एकीकृत प्रवेश परीक्षामा विद्यार्थीले परीक्षाको ७२ घण्टा अघि गर्नुपर्ने गर्नुपर्ने पिसिआर परीक्षणको सूचनाबारे हाम्रो ध्यानाकर्षण भएको जनाउँदै सो माग गरेको हो ।

संगठनले एकीकृत परीक्षण सम्बन्धी विद्यार्थीहरूको लागि वर्षौँदेखिको मेहनत देखाउने विशेष परीक्षा हो भने अभिभावकका लागि पनि उत्तिकै महत्त्वको क्षण रहेकाले प्रवेश परीक्षा अगाडी गर्नुपर्ने पिसिआर परीक्षण सरकारले निःशुल्क गर्न र प्रवेश परीक्षाका लागि दर्ता भएका सम्पूर्ण विद्यार्थीहरूलाई प्राथमिकताको साथ यथाशीघ्र कोरोनाको खोप उपलब्ध गराउन माग गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ एउटा विद्यार्थीले चार हजार रुपैयाँ दस्तुर तिरेर परीक्षा फारम भरी परीक्षा दिँदै गर्दा फेरी थप रकम तिरेर पिसिआर परीक्षण गर्न लगाउनु विद्यार्थीका निम्ति न्यायोचित नभएको र सरकारी अस्पतालहरूमा कोरोना परीक्षणको नतिजा आउने समय निश्चित नै नहुने तथा निजीमा दुई हजार तिरेर पिसिआर परीक्षण गर्नु विद्यार्थी र अभिभावकका निम्ति थप आर्थिक भार भएको समेत उल्लेख छ ।

त्यस्तै प्रवेश परीक्षा छात्रवृत्तिका निम्ति भएकाले यो परीक्षामा परीक्षार्थीहरूले दुई तीन विषयसम्म पनि फारम भर्ने हुँदा प्रत्येक परीक्षाको ७२ घण्टा अघि पिसिआर परीक्षण विद्यार्थीलाई नै गर भन्नु अव्यवहारिक, गैर जिम्मेवार र असह्य रहेको ठहर गरिएको छ ।

संगठनले आयोगको नेतृत्वको सामान्य विवेकले हल हुने विषय जटिलता तर्फ धकेल्नु न्यायोचित नभएको र यो अक्षम्य कदम पनि हो भन्दै यसको जिम्मेवारी राज्यले लिनुपर्छ र निःशुल्क पिसिआर परीक्षणको सहज वातावरण उपलब्ध गराउनुन माग गरिएको छ ।

त्यस्तै सङ्क्रमित विद्यार्थीलाई सहज यातायात र स्वस्थ क्वारेनटाइनको व्यवस्था गर्न र कुनै विद्यार्थीको पिसिआर पोजेटिभ आएमा सङ्क्रमित विद्यार्थीलाई परीक्षा केन्द्रसम्म पुग्न सहज यातायातको व्यवस्था गर्न पनि माग गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.