जन सरोकार

फेसबुक लाइभ गरेर २२ वर्षीया युवतीद्वारा आत्महत्या

दाङको तुलसीपुरकी एक २२ वर्षीया युवतीले फेसबुक लाइभ गरेर आत्महत्या गरेकी छन् । तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवाकी एसिला गौतमले घरकै कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन् ।

समाचार अनुसार कोठाभित्रको सिलिङ फ्यानमा झुण्डिएर उनले आत्महत्या गरेकी हुन् । युवतीले राति साढे १ बजेतिर आत्महत्या गर्न लागेको सूचना पाएपछि तुलसीपुरबाट इन्सपेक्टर झलकप्रसाद शर्माको कमाण्डमा प्रहरी टोली रानीजरुवा प्रस्थान गरेको थियो । तर, घर पत्ता लगाउन नसक्दा बिहीबार बिहान ३ः३० बजेमात्र प्रहरीको टोली युवतीको घरमा पुगेको थियो ।

ती युवतीले फेसबुकमा लाइभ गरेर घाँटीमा पासो लगाउँदा फेसबुकमा कमेन्ट गर्नेहरुले त्यसो नगर्न सुझाव दिएको देखिन्छ । तर, रातिको समय भएकाले युवतीले आत्महत्या गर्न लागेको कुरा घर परिवार र छिमेकीले थाहा पनि नपाएको प्रहरीको भनाइ छ ।

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.