जन सरोकार
काठमाडौंमा कोरोना संक्रमण बढ्दो, समुदायमा फैलिएको आशंका, बिहिबार थपिए २८ जना

काठमाडौंमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दो छ । बुधबारको तुलनामा बिहिबार दोब्बर संक्रमित थपिएपछि यहाँ समुदायस्तरमा संक्रमण फैलिएको आशंका गरिएको छ ।
बिहीबार देशभर थपिएका ४ सय ७३ जनामा कोरोना संक्रमितमध्ये २८ जना काठमाडौं जिल्लाका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
बिहिबार काठमाडौंमा १७ महिला र ११ पुरुषमा संक्रमण देखिएको हो भने बिहीबार नै भक्तपुर र ललितपुरमा पनि २/२ जना संक्रमित भेटिएका छन् ।
बिहिबार नेपालमा कोरोना संक्रमितको कुल संख्या १४ हजार ५ सय १९ पुगेको छ । कोरोना संक्रमण निको भएर ५ हजार ३ सय २० जना घर फर्किएका छन् ।