राजनीति

“बजेटको आधाभन्दा बढी बेरुजु छ, कुन विश्वासका आधारमा अझै पनि ऋण लिने ?”

प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि दुई सांसदले संशोधन प्रस्ताव प्रस्तुत भएको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्ताव गर्नुभएको राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि सांसदद्वय प्रेम सुवाल र सुमना श्रेष्ठले संशोधन प्रस्ताव गर्नुभएको हो ।

सांसद सुवालले राष्ट्रले ऋण लिन आवश्यक नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालीको स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गर्ने, सम्पत्तिको सिमाङ्कन गर्ने र विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गरियो भने राज्यकोष मजबुद हुन्छ, ऋण लिन जरुरी हुँदैन ।”

यस्तै, सांसद सुमना श्रेष्ठले विभिन्न मन्त्रालय अन्त्रगतका बेरुजु र शोधभर्नाका कारण ऋण लिनसक्ने विश्वासको आधारसमेत प्रस्तुत गर्न नसक्ने अवस्थामा पुगेको बताउनुभयो । उहाँले प्रश्न गर्नुभयो- “बजेटको आधाभन्दा बढी बेरुजु छ, कुन विश्वासका आधारमा अझै पनि ऋण लिने ?”,

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.