सेनेगलविरुद्ध पुनरागमन जित निकाल्दै बेल्जियम फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । बिहीबार बिहान भएको खेलमा सेनेगल विरुद्ध ३-२ को पुनरागमन जित निकाल्दै बेल्जियम अन्तिम १६ मा प्रवेश गरेको हो ।
अमेरिकाको सिएटल स्टेडियममा भएको खेलमा खेलको २४औं मिनेटमा हबीब डायरा गोल गर्दै सेलेगललाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा सकिएको खेलमा खेलको ५१औं मिनेटमा इस्माइला सारले गोल गर्दै सेनेगलको अग्रता दोब्बर बनाए । तर निर्धारित समयको अन्तिम ५ मिनेटसम्हालिन नसक्दा सेनेगलले अन्तिम १६ मा पुग्ने अवसर गुमायो ।
खेलको ८६ औं मिनेटमा बेल्जियमका रोमेलु लुकाकुले गोल गर्दै टोलीलाई खेलमा फर्काउदै खेललाई २-१ को स्थितिमा ल्याए । त्यसपछि खेलको ८९ औं मिनेटमा युरी टिलेमान्सले गोल गर्दे खेललाई २-२ को बराबरीमा ल्याए ।
निर्धारित समय २–२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयमको अन्तिम मिनेटमा सेनेगलका लामिन क्यामाराले विपक्षी खेलाडीलाई डिबक्सभित्र लडाएपछि भिएआरको सहयोगमा बेल्जियमले पेनाल्टी पाएको थियो । पेनाल्टीमा कप्तान युरी थिलेमन्सले गोल गर्दै बेल्जियमलाई ३–२ जित दिलाए ।




प्रतिक्रिया राख्नुहोस्