जल/वातावरण

बानेश्वरका एक वृद्धको कोरोना संक्रमणबाट मृत्यु, कुल संक्रमितको संख्या १५ हजार नाघ्यो

नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ । शुक्रबार काठमाडौंको बानेश्वरका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ । हिजो बिहीबारमात्र राजधानीकै एक अस्पतालमा एक ४९ दिनका नवजात शिशुको कोरोनाको कारणले मृत्यु भएको थियो ।

शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दिएको जानकारी अनुसार ८५ वर्षका पुरुषको असार १७ गते काठमाडौंको एक निजी अस्पतालमा मृत्यु भएको हो ।

उच्च रक्तचाप र पार्किन्सनको बिरामी वृद्ध छाती दुखेको र पिसाब कम भएको समस्या देखिएपछि अस्पताल भर्ना गरिएका उलाई अस्पतालको आइसोलेसनमा राखी उपचार भइरहेका बेला मृत्यु भएको हो ।

यसै गरी शुक्रबार नेपालमा ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ ।

संक्रसमतको संख्या बढेसंगै कोरोना भाइरस संक्रमण निको भएर डिस्चार्ज डिस्चार्ज हुने दर पनि बढ्दो छ । अहिलेसम्म देशभर छहजार १४३ डिस्चार्ज भएका छन् । शुक्रबार मात्र देशभरबाट ८२३ जना निको भएर घर फर्केका छन् ।

नेपालमा रहेका ७७ वटा जिल्लाहरुमध्ये आठवटा जिल्लामा पाँचसयभन्दा बढी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । सो मध्ये प्रदेश २ मा महोत्तरी, रौतहट र सर्लाहीसहित तीन जिल्ला, प्रदेश ५ मा कपिलबस्तु, पाल्पा र दाङसहित तीन जिल्ला रहेका छन् ।

यस्तै, कर्णाली प्रदेशमा दैलेख र सुदूरपश्चिम प्रदेशमा कैलाली जिल्लामा पनि भाइरसका कारण पाँचसयभन्दा बढी सङ्क्रमित रहेका छन् ।

यसबीच स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना भाइरसबाट अत्याधिक मात्रामा जोखिममा रहेकालाई ध्यान दिने बताइएको छ । त्यसमा क्यान्सर र मधुमेहका विरामी, आइसीयु र इमरजेन्सीमा आउने विरामी, पकेट क्षेत्रका बासिन्दा र स्वास्थ्यकर्मीहरुको परीक्षण गरिने कुरा उहाँले बताउनुभयो ।

यस्तै, क्वारेन्टाइनमा रहेका सङ्क्रमितहरुको रोग प्रतिरोधात्मक शक्ति बढाउनको लागि आयुर्वेदिक औषधीहरु वितरण गरिनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.