एन आर एन न्युजजापान

एनआरएनए जापानका सचिव घिमिरेद्वारा उपाध्यक्षमा उम्मेद्वारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका वर्तमान कार्यसमितिका सचिव विष्णुप्रसाद घिमिरेले आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका छन् ।

जापानमा रेष्टुरेन्ट तथा ट्रेडिग व्यवसायमा सकृय घिमिरे एनआरएनए नागोया क्षेत्रीय समिति उपसंयोजक (२०११-२०१३) बाट क्षेत्रीय संयोजक हुदै बिगत ११ वर्ष देखि निरन्तर अभियानमा सक्रिया छन् ।

अन्तरिाष्ट्रय नेपाली साहित्य समाज जापानको नेतृत्व गरिसकेका घिमिरेले आफ्नो फुटकर कविता संग्रह “एक्लो बिजेता“ प्रकाशन गरेका छन् । मियकेनको योक्काईचीमा रहेर ब्यापार ब्यवसाय समेत गर्दै आएका उननी योकाइचीकै किता रोटरीमा आवद्ध छन्।

विभिन्न सामाजिक अभियानको अनुभव र एनआरएनएप्रतिको लगाब नै आफ्नो उम्मेद्वारीको प्रमुख कारण रहेको बताउने घिमिरे हिजोका केही कमीकमजोरीले खस्किदै गएको एनआरएनए जापानको साखलाई उच्च बनाउनलाई प्रमुख दायित्व ठान्दछन् ।

जापानबासी नेपालीको सुख दुःखमा अभिभाबकत्व दिलाऊँन सकेमा संस्थाको साख बढ़नेमा आफु निश्चित रहेकोले सोही कार्य आफ्नो प्राथमिकतामा रहने बताउछन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.