क्रिकेटखेल

एसिसी पुरुष यु–१६ : मलेसियाद्वारा नेपाल सामू ९१ रनको लक्ष्य

मलेसियामा जारी एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटको सेमिफाइनल खेलमा घरेलु टोली मलेसियाले नेपाल सामू जितको लागि ९१ रनको लक्ष्य दिएको छ ।

मलेसियाको सेलाङ्गोर टर्फ क्लबको मैदानमा जारी खेललमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसिया ४३.१ ओभरमा ९० रनमै समेटियो ।मलेसियाका लागि मोहम्द फतुल मुइनले ३८ रन बनाए भने कप्तान डियाज प्याट्रोले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि अभय यादवले चार विकेट लिए भने शुभम खनालले तीन विकेट लिंदा सचिन भट्ट र कप्तान विपिनप्रसाद शर्माको भागमा समान एक-एक विकेट रह्यो ।

एसियाली क्रिकेट परिषद् (एसिसी)को वार्षिक कार्यतालिकाअनुसार सञ्चालित उक्त प्रतियोगितामा नेपालसहित विभिन्न १० टोलीको सहभागिता छ । जसलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा रहेको नेपालसहित सिङ्गापुर, इन्डोनेसिया, भुटान तथा जापान छन् । समूह ‘बी’मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.