बिचार

‘जेनजी सरकार’को पुरानै शैली ?!

हैन हो जेनजी सरकार ! पुरानो सरकारले आशेपासे, धर्नासे, झोले, चम्चे दलाल अनेकलाई अनेक बहानाँ राष्ट्रिय ढुकुटी बाँड्यो भष्टाचारको खोलै बगायो, त्यै भएर हामी युवाहरुलाई चुनाबाँ जिताउनुस् भनेर रुवासी गरेछि जनताले साच्चिकै पुराना दलले भन्दा राम्रो गर्लान कि भनेर दुई तिहाई देर सत्ताँ पुर्या हैनन् र ?

तपाईंहरु नि भर्तिकेन्द्रहरु बन्द गर्नुको सट्टा झन् ठुल्ठुला भर्ति केन्द्र खोल्न पो थाल्नु भो त हँ ! हिजोका माननीय मन्त्रीले २ जना मान्छे राख्दा चिच्याकलो गर्नु भो अनि जनतानि रास्वपा पाटी भन्या त महानै हो भनेर पुराना पाटीको खेदो खन्न थाले ।

तर तपाईँहरु भने आफ्ना झोलेमार्फत सामाजिक सन्जालाट पुराना दललाई बेस्सरी पखाल्न लाउनु भो अनि आँफुहरु चाईँ पुराना दल भन्दानि तल गिरेर १७ मन्त्री ५७ सल्लाकार, १५३ स्वकिय कर्मचारी गरी २ सय भन्दा बढीको जुलुस लेर सिंहदरबार छिर्ने चाँजोपाँजो मिलाउनु भएछ ।

देशको ढुकुटीले खर्च धान्नै हम्मेहम्मे परिराबेलाँ यो जुलुसलाई सिंहदरवारभित्र छिराएर के ख्वाउनु हुने हो र कसरी खुवाउनु हुने हो जनता तपाईंहरको सम्चार सुनेरै होसहवास गुमाउँदैछन् ।

यौटा मन्त्रीलाई ५ वटा सचिव नियुक्त गर्ने ब्यवस्था मिलाउने यो सरकारले लोकसेवा पास गरे कैयौँ वर्ष जागिरे जीवन बिताएर मुस्किलले सचिवको ओहदाँ पुग्ने प्रकृयाभित्र यौटा मन्त्रीले त्यै सचिवसरह सचिव भर्ना गर्ने र त्यसको योग्यता मन्त्रीले मात्र परिक्षण गरेर नियुक्त गर्ने र सरकारी जागिरे सचिव सरहको बराबरी हैसियत हुने भन्ने सुन्दा नै यो सरकार के गर्न खोज्दैछ भन्ने शंका हरेक मान्छेका मनमा उव्जिएका छन ।

२ सय दशजनाको सचिवालय मोर्चामा १/१ जना सरकारी सचिव नि थप्पिने नै होलान । अनि ती सरकारी सचिवको हालत ती मन्त्रीका नियुक्त कर्मचारीले के गराउलान र के ती सचिव त्यो ठाउँमा बसेर काम गर्न सक्लान उनिहरुबीच द्वन्द्वको विजारोपण नहोला ?

साच्चिकै बालेनले यो के मोडेल ल्याएका हुन् देश विकाशका लागि ल्या हुनकि बिनासका लागि ल्या हुन त्यो कुरा उनलाई बाहेक अरु कसैलाई थाहा पनि छैन होला ।

सय दिनमा सय कुरा गरेर देखाउँछु भन्दा कतै सय काम पुर्याउन नसक्ने स्थिति भएछि यो गर्न सकिने कामलाई रोजेर यस्तो अन्धाधुन्ध सचिवालय पो बनाका हुन कि ? कि त बालेन पनि उत्तर कोरियाको राष्ट्रपति किम जोङ जस्तो हुने रहर पालेर यो बाटो अपनाएर हिँडिरहेका त छैनन् नि ?

नेपालजस्तो गरिब मुलुकमा यौटा मन्त्रालय चलाउन उसका हजारौ स्थायी संरचना छँदाछँदै यौटा मन्त्रीको नौ नौ जनाको निजी सचिवालय र त्यसमा नेपाल सरकारका सचिव सरहका ५/५ जना सचिव राखेर काम गर्ने भनेछि यो सरकारले कहाँको मोडालिटि ल्याएर कस्तो काम गर्न खोजेको हो भन्दै सरकारलाई दुईतिहाई मत दिने जनता नि ऐले अन्यौलमा छन् ।

के साँच्चै देशको विकास र समृद्धि मन्त्रीद्वारा नियुक्त यिनै ९ जनाले मात्रै गर्ने हुन र मन्त्रालयमा बाँकी अन्य सरकारी कर्मचारी नराख्ने नै निधो यो सरकारले गर्या हो त ? मन्त्रालय सन्चालनको मोडेल नै यै हो र मन्त्रालयमा मन्त्रीका विश्वासपात्रहरु मात्र बसेर काम गर्ने मोडेल बनाईएको हो भने यो मोडेललाई कम्तिमा १ वर्ष नब्यहोरी यसका बारेमा के भन्न सकिन्छ र ?

हेरौँ जेनजीहरुको नयाँ मोडेलले देश कसरी तान्छ । जनताको चासो भनेको गाँस, बास, कपास, रोजगारी, स्वास्थ्य र शिक्षा हो । ती सबै कुराको यथेष्ट ब्यवस्था सरकारले गर्छ भने कस्ले कस्लाई, कहाँनिर नियुक्त गर्यो भनेर जनताले किन खोज्छन र ।

जनताले त चाहेको भष्टाचारको अन्त्य, देश विकास निर्माण र समृद्धिमा अघि जावोस , युवाले वेरोजगार भएर बस्न नपरोस,ओखतिमुलोको अभावमा कसैको ज्यान नजाओस, शिक्षाको उज्यालो घामबाट कोही बन्चित हुन नपरोस भन्ने न हो ।

त्यसैले रास्वपा सरकार, तपाईंहरुप्रति जनताको यौटा गुनासो के छ भने तपाईंहरुनि पुराना दलहरुले जस्तो छलकपट त गर्नु हुन्न ? त्यसो नगर्नोस, झुठा आश्वासन नबाँड्नोस जनता झुठा आश्वासनको भारी बोकेर थाकिसक्या छन् त्यसैले हुने कुरालाई हुन्छ भन्नोस् नहुनेलाई हुन्न भन्नोस् तर जनतालाई रिंगाउने काम नगर्नोस ।

तपाईंहरुबाट जनताले खोजेको यत्ति कुरा हो । बाँकी तपाईंहरु कुन गाडी चढनु हुन्छ ? के खानु हुन्छ ? कस्तो लुगा लाउनु हुन्छ ? त्यो जनताको सरोकारको विषय हैन । सबै चिज गरम् भष्टाचार गर्ने, राष्ट्रको ढुकुटी लुटने र जनतालाई धोका दिने काम नगरौँ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.