राजनीति

प्रधानमन्त्री ओली र प्रचण्डबीच दूरी बढाउने क्रियाकलाप रोक्दै 'सहमति' खोज्ने सहमति

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा प्रकरणले विवादको चरचमुलीमा पुगेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अधयक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच सोमबार पार्टी स्थायी समिति बैठक अघि नै सहमति जुटाउने सहमति भएको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच भएको लामो छलफलमा पार्टी एकतालाई बचाउँदै सहमतिका आधारहरू खोज्ने सहमति भएको र सोमबार बिहान स्थायी कमिटीको बैठक बस्नुअघि दुई अध्यक्षबीच पुनः छलफल गर्ने सहमति भएको समाचार छ ।

आइतबारको वार्तामा केपी ओलीका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, पार्टी महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल तथा अर्का अधयक्ष प्रचण्डका तर्फबाट वर्षमान पुन र जनार्दश शर्माको सहभागिता थियो ।

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डको छलफलपछि वार्तामा सहभागी एक नेताले दिएको जानकारी अनुसार उहाँहरुबीच एकापसमा आशंका र दुरी बढाउने क्रियाकलापहरू रोक्ने सहमति भएको छ । विगतमा भएका समझदारीहरूका आधारमा पार्टी एकताको आधार तयार पार्न दुवै अध्यक्ष सहमत देखिनुभएको छ ।

पछिल्लो समय नेकपामा विवाद चर्कंदै जाँदा एकआपसमा आशंका र दुरी बढ्दै गइरहेका बेला छलफलमा दुवै समूहका नेताहरू पार्टी एकतालाई बचाउन सहमत देखिएको र दुवैतर्फबाट दुरी एवं आशंका बढाउने क्रियाकलापहरू रोक्न सहमत भएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.