खेलविविध

आत्मनिर्भरका लागि खेलकूदसंगै खेतीपाती अभियान

नेपाली खेलाडीहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित नेपाल खेलकुद महासंघले आत्मनिर्भरताका लागि खेलाडी खेतमा दुई दिन अभियान शुरु गरेको छ । आइतबार काठमाडौंको तारकेश्वर नगरपालिका जितपुरफेदीमा रोपाई कार्यक्रमको आयोजना गर्दै महासंघले सो अभियानको शुरुवात गरेको हो ।

नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्व गृहमन्त्री खगराज अधिकारीको प्रमुख आतिथ्यमा अवका दिनमा खेलकुदसंगै उत्पादनमा पनि खेलाडीहरुको सहभागिता र योगदानका लागि शुरु गरिएको सो अभियानको शुभारम्भ कार्यक्रममा पूर्व उद्योग मन्त्री कर्ण थापा र पूर्व खेलकुद मन्त्री तथा महासंघका इन्चार्ज दावा लामा विशेष अतिथि रहनुभएको थियो ।

सहभागीहरुलाई अबिर र टिका लगाउदै शुरु गरिएको रोपाइँ कार्यक्रममा कलाकारहरु पूजा शर्मा, वर्षा सिवाकोटी र राज कट्टेलले सक्रिय सहभागिता जनाएका थिए भने स्थानीय धर्मस्थली ब्याण्डले बाजा प्रस्तुत गर्दै कार्यक्रमको रौनक बढाएको थियो ।

उपत्यका खेलकुद महासंघ सहसंयोजक केशव ब्यञ्जनकारको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका अध्यक्ष रमेश पौडेल, वरिस्ट उपाध्यक्ष परशुराम बस्नेत, उपाध्यक्ष सुवाष श्रेष्ठ, उप महासचिव रामकृष्ण खडका, शान्तमाया परियार, सचिव रेनुका श्रेष्ठ, उमेस केसी, चर्चित फुटवल खेलाडी तथा राखेप सदस्य हरी खड्का, खेलकुद परीषद सदस्य सम्पन्न श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

खेलका दौरान घाइते खेलाडीहरुको निशुल्क उपचारका लागि पहल गर्दै आएको महासंघले यस अभियान अन्तर्गत दुई दिन कृषि र उत्पादन मूलक कार्यमा समय खर्चिने गरी यो अभियान शुरु गरेको बताउदै महासंघका अध्यक्ष रमेश पौडेलले खेल, खेलाडी र खेलप्रेमीहरुको साझा र नेतृत्वदायी मंचका रुपमा महासंघलाई अगाडी बढाउने धारणा राखेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button