जन सरोकार

अपहरणमा परेका ८ वर्षीय बालक १० दिनपछि सकुशल उद्धार, दुई पक्राउ

राजविराजबाट १० दिनअघि अपहरणमा परेका ८ वर्षीय एक बालकलाई प्रहरीले सकुशल उद्धार गरेको छ। घटनामा संलग्न रहेको आरोपमा एक महिलासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका–९, पत्थरगाडा निवासी मो. कलिमका ८ वर्षीय छोरा मो. परवेजलाई प्रहरीले स्थानीय युवाको सहयोगमा सकुशल उद्धार गरेको हो।

प्रहरीका अनुसार परवेजलाई १० दिनअघि राजविराजस्थित नेता चोकबाट अपरिचित व्यक्तिहरूले फकाएर अपहरण गरेका थिए। घटनापछि नेपाल प्रहरीले स्थानीयवासीसँगको समन्वयमा खोजी अभियान सञ्चालन गरेको थियो।

घटनामा संलग्न रहेको आरोपमा एक महिलासहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवं प्रवक्ता हेमराज घिमिरेले यद्यपि, अनुसन्धान प्रभावित हुन सक्ने भएकाले पक्राउ परेकाहरूको परिचय हाल सार्वजनिक नगरिएको जानकारी दिनुभयो।

(तस्वीर साभार गोरखापत्र)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.