जन सरोकार

नेपाली सेनाको ब्यारेकमा पृथ्वीनारायणको पूर्णकदको शालिक

नेपाल एकीकणरण नायक, वर्तमान नेपाली सेनाको स्थापनाकर्ता बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सम्मान गर्न अभियानमा रहेको नेपाली सेनाले आफ्ना ब्यारेकहरुमा शाहको शालिक स्थापना गर्ने अभियान चलिरहेको छ ।

यसै क्रममा सुदूरपश्चिमस्थित श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकले पृथ्वीनारायण शाहको शालिक अनावरण गरेको छ । बाहिनीको मूल गेट छेउमा निर्माण गरिएको शाहको पूर्णकदको शालिक सेनाको सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी निर्मलकुमार थापाले अनावरण गर्नुभएको हो ।

बाहिनीपति सहायकरथी शङ्करबहादुर पण्डितको सक्रियतामा निर्माण गरिएको शालिक बाहिनीको १६औँ वार्षिकोत्सव समारोहको अवसर पारेर अनावरण गरिएको हो । शालिक अनावरण कार्यक्रममा बाहिनीपति सहायकरथी पण्डितले देशको एकीकरण, स्वाभीमानको सुदृढीकरण, सबै किसिमका सङ्कटको प्रतिकार तथा समृद्धिसहितको नेपालीपनको सवलीकरण, हरेक जनता र सेनाको समान योगदान एवं सहकार्य रही आएको बताउनुभयो ।

कार्यक्रममा बेतकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्द, उपप्रमुख सुशीला सिंह, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडालगायत विभिन्न सुरक्षा निकायका प्रमुख, सैनिक अधिकृत तथा समाजसेवीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.