जन सरोकार

युरोकपमा सट्टाबाजी गर्नेहरु नगद सहित पक्राउ

हाल युरोकप र कोपा अमेरिका कप फुटबल खेलमा अवैध किसिमले बाजी लगाउने भारतीय र नेपाली नागरिकहरु ठूलो मात्रामा रकम, मोबाइलसहित पक्राउ परेका छन् । उनीहरुले अनलाइन काठमाण्डौका विभिन्न स्थानमा सट्टाबाजी गराई खेल खेलाउने गरेका थिए ।

अनलाइन मार्फत् बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई आफूले लाभ लिइरहेको सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाटअसार २१ गते खटिएको बिशेष टोलीले आठजनालाई पक्राउ गरेको हो ।

निजहरुले काठमाडौंको इन्द्र चोक, मरुटोल, न्यूरोड, क्षेत्रपाटी, गौरीघाट लगायतका बिभिन्न स्थानबाट अनलाइन बाजी गरी नगदी कारोबार समेत गरिरहेको अवस्थामा नगद र मोबाइल सहित पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा कामनपा ४ सुकेधारा बस्ने वर्ष ५७ को राजेन्द्र श्रेष्ठ प्रधान, वडा नं. १९ ढोकाटोल बस्ने बर्ष ४७ को जीवन लामा, वीरगञ्ज मनपावडा नं ७ घर भई हाल कुलेश्वर बस्ने बर्ष ४६ को सुरज टिवडेवाल रहेका छन् ।

त्यसै गरी भारत बिहार पुर्वीचम्पारण जिल्ला रक्सौल घर भई हाल कुलेश्वर बस्ने वर्ष ४६ अशोक कुमार गुप्ता, चितवन खैरहनी नपा वडा नं ५ टरौली घर भई हाल धापासी बस्ने वर्ष ४५ को गोविन्द प्रसाद आचार्य, भारत हरियाना विवरनी जिल्ला घर भई हाल इन्द्रचोक बस्ने वर्ष ४९ को राजेश कुमार अग्रवाल रहेका छन् ।

त्यसै गरी भारत राजस्थान झुनझुन जिल्ला सुरजगढ घर भई हाल क्षेत्रपाटी बस्ने वर्ष ३३ को सुचित डालमिया अग्रवाल र जिल्ला मोरङ बिराटनगर नगरपालिका वडा नं ७ घर भई हाल मरुटोल बस्ने वर्ष ४६ को अमरनाथ गुप्तालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका निज व्यक्तिहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उप दफा ४ बमोजिम कसुरमा सजाय हुने गरि आवश्यक कार्वाहीको लागी महानगरीय प्रहरी परीसर काठमाण्डौ पठाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button