अर्थ

सांसद भट्टराईद्वारा कास्की क्षेत्र नं २ विकास आयोजना अनुगमन

कास्की क्षेत्र नं .२ का सांसद विद्या भटटराईले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत सो क्षेत्रमा संचालित आयोजनाको स्थलगत अनुगमन गर्नुभएको छ । कास्की क्षेत्र न २ मा आर्थिक बर्ष २०७६/७७ मा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत कुल ६ करोड रुपैयाँका विभिन्न ३६ वटा योजनाहरु संचालित छन ।

आर्थिक बर्ष २०७६/७७ मा पूर्वाधार बिकास कार्यक्रम अन्तर्गत बिनियोजित बजेटबाट सो क्षेत्रमा संचालित बिभिन्न आयोजनाहरुको भट्टराईले अनुगमन गर्नुभएको हो । अनुगमन कार्यक्रममा कास्की क्षेत्र न २ अन्तर्गतका स्थानीय तहका जन प्रतिनिधीहरु प्राविधिक तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

कार्यक्रम अन्तर्गत कास्की क्षेत्र न २ मा सञ्चालित सडक तथा ढल, सिंचाई, खानेपानी, भवन, लगायतका योजना छन् । अनुगमका क्रममा भट्टराईले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम मार्फत जनताका आधारभूत आवश्यकता पूरा गर्न र समृद्धिको लागि पूर्वाधार नै पहिलो आवश्यकता भएको प्रतिक्रिया दिनुभयो ।

भट्टराईले बिकास निर्माणमा गुणस्तरीयता अपरिहार्य भएको बताउँदै तोकिएको समयमा काम सम्पन्न गर्न निर्माण कम्पनी र स्थानीय उपभोक्ता थप सचेत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले योजनाको सफलताको लागि उपभोक्ता समितिहरुका काम सह्रानिय भएको र केही योजनाहरु कोरोना महामारीका कारण प्रभावित भएकोतर्फ आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो ।

अनुगमनका क्रममा केही स्थानीय उपभोक्ता समितिका पदाधिकारीले समयमै बजेट प्राप्त नहुँदा काममा ढिलासुस्ती भएको बताउँदै पछिल्लो समय कोरोनाका कारण मजदूर नपाउँदा समयमा काम सम्पन्न गर्न समस्या भएको जानकारी गराएका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.