एन आर एन न्युजजापान

एनआरएनए जापानको अध्यक्ष पदमा नरेन्द्र बस्नेत ‘दिनेश’को उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्ष पदमा ओशाकाबाट नरेन्द्र बस्नेत ‘दिनेश’ले उम्मेदवारी घोषणा गरेका छन् । सामाजिक संजाल तथा विभिन्न मिडिया मार्फत बस्नेतले आगामी नयाँ कार्यकाल २०२१-२३ का लागि अध्यक्षमा दावेदारी प्रस्तुत गरेका हुन्।

करिव डेढ दशकको जापान अनुभव बोकेका बस्नेतले वर्तमान अवस्थामा संस्थाको हित अनुकुलका कार्य गरी अहिले संस्थाप्रति फैलाइएको भ्रमले उत्पन्न वितृष्णा हटाएर समुदायमा स्थापित गराउने लक्ष्य राखेका बताएका छन्।

बस्नेतले एनआरएनए जापानको छवि केही धमिलिएको अवस्थामा जापानवासी नेपालीको सुखदुखमा अभिभावक भएर साथ दिन सक्ने गरी संस्थालाई परिस्कृत गर्दै एनआरएनएको साख बढाउन आफू अगाडि बढेको र जापानवासी नेपाली र राष्ट्र हितसँग सम्बन्धित हरेक कुरालाई आफुले प्राथमिकता दिने दावी गरेका छन् ।

सन् २००६ मा कान्साई क्षेत्रीय समितिको संस्थापनमा विषेश भूमिका निभाउदै निरन्तर एनआरएनए अभियानमा सकृय बस्नेत २०११-२०१३ कान्साई समिति उपसंयोजक २०१३-२०१५ कान्साई संयोजक हुँदै एनआरएनए अभियानमा जोडिएका हुन् ।

बस्नेतले २०१५-२०१७ एनआरएनए जापानको क्षेत्रिय समन्वय समिति संयोजक तथा २०१७-२०१९ र २०१९-२०२१ मा क्रमशस् एनआरएनए जापानको सल्लाहकारको रुपमा कार्य सम्पादन गर्दै आईरहेको छन।

पदमा रहँदा मात्र नभएर समाजको आवश्यकता अनुसार पदमा नरहँदा पनि आफूले जानेको, बुझेको ,सकेको सदैब दिन तत्पर रहनुपर्छ भन्ने बस्नेतले जापानको कान्साई क्षेत्रबाट युवाहरु समेट्दै खेलकुदको प्रारम्भ, नेपाली चलचित्र तथा नेपाली कलाकारहरुको बिदेश बजार प्रबर्धनको शुरुवात, जापानिज विज्ञहरु र जापानमा सकृय विभिन्न क्षेत्रमा सकृय नेपाली विज्ञहरु, नेपाली राजदुतावास र केही विज्ञहरुको सहयोगमा विभिन्न विधामा ‘डाइलग सिरिज’को शुरुवात गरेका थिए ।

बस्नेतले एनआरएन जापान कान्साई क्षेत्रीय समितिको संयोजक रहँदा भूकम्पले विभत्समध्ये सिन्धुपाल्चोकको पिपलडाँडामा विद्यालय भवनको पुनःनिर्माण र उदयपुरको वेल्टारमा विद्यालय भवनको नवनिमार्ण समेत गरेका छन् भने जापानको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार सेवा केन्द्र (हेलोवर्क)सँग आवद्ध रही नेपाली विद्यार्थीहरु र रोजगारसँग सम्बन्धित रहेर सेवा सहयोग प्रदान गर्दै आएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.