एन आर एन न्युजजापान

एनआरएनए जापानको वरिष्ठ उपाध्यक्ष पदमा नवीन निउरेको दावी

गैरआवासीय नेपाली संघ एनआरएनए जापानको केन्द्रीय समिति वरिष्ठ उपाध्यक्ष पदमा नवीन निउरेले उम्मेदवारी घोषणा गरेका छन् ।

एनआरएनए जापानका वर्तमान युवा उपाध्यक्ष समेत रहेका निउरे रेष्टुरेन्ट, रेमिटयान्स लगायतका व्यवसायमा सक्रिय छन् । लामो समययता जापान बसाइको अनुभवलाई युवाहरूसंग मिलेर सहकार्यका लागि एनआरएनए नेतृत्वमा काम गरेर देखाउन उम्मेदवारी दिएको निउरेले बताए ।

एनआरएनए कान्तो संयोजक भएर सामाजिक काममा चर्चा कमाएका निउरे जापानमा संख्यात्मक रूपमा ठूलो मानिने गल्कोट समाज जापानको वर्तमान महासचिव समेत हुन् ।

सामाजिक कार्यमा निरन्तरताकै कारण भाग्यमानी ठहरिएका निउरे गैरआवासीय नेपाली संघ एनआरएनए अभियानमा जोडिएको छोटो समयमै उच्चपदमा दावी गर्ने उम्मेदवार मध्ये एक हुन् ।

स्मार्ट एनआरएनए जापान, संस्थागत विकास र युवा सहभागिताका लागि मेरो उम्मेदवारी भन्दै आएका निउरेले जापानवासी नेपालीहरूमा गरेको अपील यस्तो छ –

कोरोना भाइरसको विश्वव्यापी प्रकोप एवं बाढीपहिरोको चपेटामा परेको नेपाल र नेपालीका लागी सहयोग गर्ने हरेक संस्था, सहयोदाता, एनआरएन जापान, जापान सरकारलाई हार्दिक आभार प्रकट गर्न चाहन्छु ।

नेपालको आर्थिक विकास, सामाजिक परिवर्तनको अभियान र प्रवासमा रहेका नेपालीहरुको हुन समर्पित गैर आवासीय नेपाली संघको हरेक २ बर्षमा हुने अधिबेशन आगामी जुलाई २५ मा जापानमा हुदै छ । एनआरएनए जापानको बृहत्तर सुधारका लागि निर्वाचन संस्थामा दोस्रो पुस्ता, महिला र युवाको संलग्नता, विद्यार्थी केन्द्रित कार्यक्रम, अग्रजको सम्मान, पेशागत एवं व्यावसायिक विकासमा समन्वय, नेपाली संस्कृतिको जगेर्ना र समावेशिता जस्ता विषयमा एनआरएनए जापानमा मैल सुधार गर्न सक्ने सम्भावित कार्यक्रमको बारेमा स्पष्ट योजना सहित आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छु ।

संस्थालाई नेपालको राजनीतिक विचारको प्रत्यक्ष प्रभावबाट मुक्त गरि जापान जस्तो देशमा सभ्य र सुसंस्कृत एवं एकताबद्ध नेपाली समाजको निर्माणका लागी भुमिका खेल्नु हामी सवैको दायित्व हो । तसर्थ यहाँहरुको अमूल्य मतको कदर २०११-२०१३ मा एनआरएनए कान्तोको सदस्य, २०१३-२०१५ मा एनआरएनए कान्तोको कोषाध्यक्ष, २०१५-२०१७ मा कान्तो कै सचिव, २०१७-२०१९ कान्तो संयोजक र हाल एनआरएनए जापानको युवा उपाध्यक्षमा रहेर कुशलतापूर्वक कार्य गर्दै आइरहेको छु र आगामी दिनमा समेत गर्ने नै छु । एनआरएनए को अभियानमा नजिक रहेर काम गर्दै आइरहेकोले आगामी दिनमा संघलाई नेतृत्व दिन आफू सक्षम रहेकोले साथ र सहयोगका लागि सविनय अनुरोध गर्दछु ।
धन्यबाद

नविन निउरे
वरिष्ठ उपाध्यक्षमा उम्मेदवार, गैरआवासीय नेपाली संघ जापान (२०२१ २०२३)
स्मार्ट NRNA,संस्थागत विकास र युवा सहभागिताका लागि मेरो उम्मेदवारी |

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.