जन सरोकार

चर्को भाडा लिएर यात्रु आसार्ने निजी सवारी साधन प्रहरीको नियन्त्रणमा

कोरोना भाइरस संक्रमणका कारण सार्वजनिक यातायात बन्द रहेका बेला सरकारले दिएको निजी सवारी साधन संचालनको अनुमतिलाई दुरुपयोग गर्दै चर्को भाडा लिएर यात्रु बोक्ने गरिएको पाइएपछि प्रहरी यसबिरुद्ध सक्रिय भएको छ ।

यसै क्रममा ट्राफिक प्रहरीले १६ निजी सवारीसाधन नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठमाडौँ उपत्यकामा प्रयोजन विपरीत चर्को भाडा लिएर यात्रु बोक्ने सवारीसाधन नियन्त्रणमा लिएको हो ।

यातायात व्यवस्था ऐन, २०४९ अनुसार निजी प्रयोजनका लागि दर्ता भएका रातो नम्बर प्लेटका सवारीसाधनले भाडामा यात्रु बोक्न नपाउने व्यवस्था उल्लेख छ ।
महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक वामदेव गौतमले रातो नम्बर प्लेटको सवारीसाधनले प्रयोजन विपरीत यात्रुसँग भाडा लिएर यात्रु ओसारपसार गरेकाले कारवाही गरिएको जानकारी दिनुभयो ।

“बन्दाबन्दीको समयमा सार्वजनिक सवारीसाधन नचलेको मौका छोपेर प्रयोजन विपरीत निजी सवारीसाधन चलाएकाले पक्राउ गरेका हौँ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.