जन सरोकार

सुनको अक्षरले लेखिएको बुद्धग्रन्थ पाँच करोडमा विक्री गर्न खोज्ने छजना पक्राउ

प्रहरीले बहुमूल्य पुरातात्विक महत्वको सुनको अक्षरमा लामा भाषामा लेखिएको बौद्ध ग्रन्थका पानाहरु विक्री गर्न खोज्नेलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूबाट १६ पाना बौद्ध धर्मको ग्रन्थ पनि बरामद गरेको छ ।

बुधबार प्रहरीले सुनको अक्षरले लेखिएको धार्मिक ग्रन्थको पानाहरू पाँच करोडमा बिक्री गर्न खोज्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौंको चन्द्रागिरि नगरपालिका १५ ढुंङ्गेअड्डाबाट ६ जनालाई पक्राउ गरेको हो ।

उनीहरूले लामा भाषामा लिखित पुरानो बुद्ध धर्मग्रन्थ पाँच करोडमा बिक्री गर्न लागेको सूचना पाएपछि महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले मोलमोलाई गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा खोटाङ दिक्तेल नगरपालिका ४ का ३२ वर्षीय गेहेन्द्र सिंह आत्रेय, काभ्रे पाँचखाल नगरपालिका ३का ४२ वर्षीय जनक गिरी, ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिका १ का ३१ वर्षीय सुबास कुमार बस्नेत, ओखलढुंगा सुनकोशी गाउँपालिका २ का ३३ वर्षीय हरीबहादुर लामिछाने, तारकेश्वर नगरपालिका ११ का ६४ वर्षीय राजेन्द्र बहादुर जोशी र नुवाकोट ककनी गाउँपालिका ८ का ३४वर्षीय रोशन तामाङ छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.