जन सरोकार

अवकाश प्राप्त हुने बेलामा वीरगति पाए सम्बर गुरुङले

भारतले पाकिस्तानसंगको विवादित क्षेत्र जम्मु-कश्मिरमा भारतको सीमा रक्षा गर्ने क्रममा शुक्रबार विहानै भएको गोलाबारीमा अर्का एकजना नेपाली गोर्खा सैनिकले ज्यान गुमाएका छन् । यसअघि ८ असारमा जम्मू–कश्मीरको रजौरी जिल्लाको नोसेरा क्षेत्रमै खटिएका गुल्मी जिल्ला घर भएका हवलदार दीपक कार्कीको मृत्यु भएको भएको थियो ।

जम्मू–कश्मीरको लाइन अफ् कन्ट्रोल (एलओसी) क्षेत्र नजिक शुक्रबार सबेरै भएको गोलीबारीमा गोरखा जिल्लाको आरुघाट गाउँपालिकाको मान्बु निवासी हवलदार सम्बर गुरुङको मृत्यु भएको हो ।

३६ वर्षीय गुरुङको शुक्रबार बिहान निधन भएको खबर सुनेसँगै परिवार र छिमेकी विक्षिप्त छन् । उनी अवकाशको नजिक थिए । सम्बरले गत कात्तिकमा घर आएका बेला हवल्दार भइसकेकाले अब केही वर्षमा रिटायर्ड ‘लाइफ’ बिताउने कुरा आफन्त र छिमेकीलाई सुनाएका थिए ।

सम्बरका दुई छोरी र श्रीमती काठमाडौंमा रहेको जितबहादुरले जानकारी दिए । परिवारका सदस्य र छिमेकी अहिले मृतकको अन्तिम संस्कारका लागि भारतीय सीमा क्षेत्र जाने तयारीमा छन् ।

युद्धविरामलाई उल्लंघन गर्दै शुक्रबार बिहान करिब एक बजेतिर पाकिस्तानतर्फबाट भएको गोलाबारीमा परेर जम्मू–कश्मीरको रजौरी जिल्लाको नोसेरा क्षेत्रमा खटिएका हवलदार गुरुङको मृत्यु भएको भारतीय सेनाले जनाएको छ ।

गोलाबारीमा घाइते गुरुङको उपचारका क्रममा क्रममा मृत्यु भएको हो । भारतीय सेनाका जम्मू कमाण्डका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल देवेन्दर आनन्दले घटना शुक्रबार सबेरै भएको र उपचारका क्रममा गुरुङको मृत्युको पुष्टि गरेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.