राजनीति
प्रधानमन्त्री ओली हेलम्बु क्षेत्रमा
प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोकको बाढी–पहिरो प्रभावित क्षेत्र हेलम्बु र मेलम्चीको अवलोकनका लागि आउनुभएको छ । प्रधानमन्त्री ओली अहिले हेलिकप्टरबाट ओर्लिएर हेलम्बु क्षेत्रमा हुनुहुन्छ भने यसपछि मेलम्ची क्षेत्रमा पुग्नुहुनेछ ।
![PM Oli](https://www.nepaljapan.com/wp-content/uploads/2021/04/PM-Oli-1-e1618381151176-1.jpg)
प्रधानमन्त्री ओली मेलम्ची घ्याङमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीयवासीसँग छलफलपछि गणेशबगर जाँदै हुनुहुन्छ । उहाँले मेलम्ची आयोजनाको मुख्य सुरुङको हवाइ निरीक्षण पनि गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्रीका साथमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलगायत हुनुहुन्छ । मनसुन शुरु भएसँगै यही असार १ गतेको अविरल वर्षाका कारण सो क्षेत्रमा बाढी पहिराबाट जनधनको क्षति भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्