कर्पोरेट/पर्यटन

टरिगाउँ विमानस्थल : नियमित उडान नहुँदा इन्धन डिपो समस्यामा

दाङ जिल्लाको टरिगाउँ विमानस्थलमा नियमित हवाई सेवा सञ्चालन नहुँदा इन्धन डिपो समस्यमा परेको छ । विमानस्थलमा नेपाल आयल निगमले इन्धन डिपो स्थापना गरेकामा नियमित हवाई उडान नहुँदा डिपो सञ्चालनमा समस्या भएको हो ।

कार्यालयका लेखा अधिकृत कैलाश देवकोटाका अनुसार गत वैशाखमा एक हजार लिटर मात्रै इन्धन बिक्री भएको थियो भने जेठमा ६६० लिटर र असारको अहिलेसम्म ८३४ लिटर इन्धन बिक्री भएको छ ।

आर्थिक वर्ष २०८१/८२ मा १७ हजार ९०९ लिटर बिक्री भएको थियो । चालु आवमा ३४ हजार ३४ लिटर बिक्री भएको जनाउँदै उहाँले मासिक बिक्रीदर दुई हजार ८४६ लिटर रहेको बताउनुभयो ।

नियमित उडान भएमा इन्धन बिक्री दर बढ्ने हुँदा डिपोको आम्दानी हुने बताउँदै लेखा अधिकृत देवकोटाले भन्नुभयो, “सातामा चार दिन जहाज आउने भनिए पनि कहिल्यै दुई दिन मात्रै आउने, कुनै साता नआउने समस्या छ ।” उहाँका अनुसार हाल इन्धनको मूल्य प्रतिलिटर रु २६९ पर्दछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.