राजनीति

प्रतिवेदन लेखनलाई अन्तिम रूप दिँदै एमाले कार्यदल

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनःगठनसम्बन्धी कार्यदलले देशव्यापी सुझाव सङ्कलन अभियानबाट प्राप्त सुझावका आधारमा प्रतिवेदनलाई अन्तिम रूप दिने जिम्मेवारी कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ र महासचिव शङ्कर पोखरेललाई दिएको छ ।

सो पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बिहीबार बसेको कार्यदलको बैठकले देशका १३ स्थानमा सञ्चालन गरिएको सुझाव सङ्कलन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकालेको छ । प्राप्त सुझावलाई समेटेर अन्तिम प्रतिवेदन तयार गर्ने निर्णय गरिएको सो पार्टीले जनाएको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओली पनि उपस्थित हुनुहुन्थ्यो ।

एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख नीरज आचार्यका अनुसार सुझाव सङ्कलन अभियानबाट प्राप्त राय, सुझाव र निष्कर्षलाई समेटेर तयार गरिने प्रतिवेदनले पार्टीको भावी वैचारिक, राजनीतिक तथा सङ्गठनात्मक दिशा निर्धारणमा महत्त्वपूर्ण आधार तयार गर्नेछ ।

कार्यदलले देशभरबाट प्राप्त सुझाव पार्टी पुनर्गठनको भावी कार्ययोजना निर्माणका लागि महत्त्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.