चीनबाट ल्याएको स्वास्थ्य सामग्रीमा भ्रष्टाचार : नेता सिंह
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले उहाँले चीनबाट ल्याएको स्वास्थ्य सामग्रीमा भ्रष्टाचार भएको भन्दै स्वास्थ्यजस्तो संवेदनशील सामग्रीमा भ्रष्टचार गर्ने जोकोहीलाई कानूनको दायरामा ल्याउनुपर्ने बताउनुभएको छ ।
सिंहले आफ्नै निवास चाक्सिबारीमा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले नेता सिंहले वर्तमान सरकारले समृद्धिको अभियानलाई अगाडि बढाउन नसकेको आरोप लगाउनुभयो । कोरोना परीक्षण र नियन्त्रणमा सरकारले प्रभावकारी ढङ्गले काम गर्न नसकेको उहाँको भनाइ छ ।
यसै गरी नेता सिंहले समृद्धिको अभियान काँग्रेसले पूरा गर्ने र मुलुकलाई आर्थिक विकास गरी समृद्ध बनाउन काँग्रेसले मात्र सक्ने पनि बताउनुभयो ।
पार्टीका पूर्व महामन्त्री सिंहले काँग्रेसको १४औँ महाधिवेशनले समृद्धिको अभियान पूरा गर्नसक्ने नेतृत्व ल्याउने विश्वास समेत व्यक्त गर्नुभयो । “फागुन ७ देखि शुरु हुने पार्टीको १४औँ महाधिवेशनले नेतृत्व परिवर्तन हुनुपर्छ,”–उहाँले भन्नुभयो ।